विद्युत् सबस्टेशन निर्माणमा ढिलाइ
कर्णाली । सुर्खेतको सुब्बाकुनामा १३२ केभी प्रसारण लाइनको सबस्टेशन निर्माणमा ढिलाइले विद्युत् आपूर्तिमा समस्या देखिएको छ । चार वर्षदेखि सुब्बाकुनामा सबस्टेशन निर्माणको प्रक्रिया अघि नबढ्दा कर्णालीका पाँच जिल्लामा विद्युत् आपूर्तिमा समस्या देखिएको हो । सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । हाल सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम र जाजरकोटमा विद्युत् आपूर्ति पटकपटक अवरुद्ध हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरण प्रदेश कार्यालयका अनुसार सुब्बाकुनामा १३२ केभी र जहरेमा ४०० केभी