डा.बाबुराम भट्टराई बने आजबाट जसपाको एकल अध्यक्ष !


पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई जनता समाजवादी पार्टीको एकल अध्यक्षमा डाक्टर बाबुराम भट्टराइ सर्वसम्मत चयन भएका छन् । जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समिति निर्णय अनुसार डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीको सर्वसम्मति द्वारा संघिय परिषद अध्यक्षमा चयन हुनुभएको छ । एक केन्द्रीय सदस्यले युगदर्पण पत्रीका लाई बताए ।
सपाको केन्द्रीय समितिको आकार ८ सय १ हुने र संघीय परिषद् १ हजार २ सय १ हुने तय भएको छ।जसपाको यो दोस्रो केन्द्रीय कार्यकारिणी समितिको बैठक हो। यसअघि गत साउन २१ देखि २४ गतेसम्म पहिलो बैठक बसेको थियो।

गत बैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी गठन भएको थियो। एकता भए पनि समायोजजन र कार्यविभाजन लगायतका काम सकिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *