संवैधानिक इजलासको बहस : के हो प्रधानमन्त्रीको ‘विशेष अधिकार’को स्रोत ?
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमाथिको सुनुवाइका क्रममा प्रधानमन्त्रीका वकिलहरूले दाबी गरेको ुविशेष अधिकारुको स्रोत खोजी भएको छ । सरकारी वकिलको पालो सकिएपछि जवाफी बहस गर्ने क्रममा रिट निवेदक पक्षका वकिलहरूले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको विशेष अधिकारको स्रोत के हो भनेर प्रश्न गरेका छन्। प्रधानमन्त्री र राष्ट्रपतिको पक्षमा बहस गरेका अधिवक्ताहरू संविधानको धारा ७४ मा उल्लेख भएबमोजिम संसदीय प्रणाली भएको नेपालमा प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीसँग









