यो हो संसारकै सबभन्दा महंगो परिकारमध्ये एक, खाँदा फाइदै फाइदा


एजेन्सी र धनीहरूको खानेकुरा भनिन्छ । यो हेर्दा पनि आकर्षक छ अनि खाँदा पनि नरम र स्वादिलो छ । रुसले यो खानेकुराको आविष्कार गरेको हो । पुरानो समयमा रुसका माझीहरू दिनदिनै केभियार खान्थे । आलु पकाएर केभियारसँग नियमित डायटका रूपमा उनीहरूले खाने गरेका थिए ।
केभियार भनेको खासमा माछाको अण्डा हो । माछाका केही प्रजातिहरूको अण्डाबाट मात्र यसको परिकार बन्छ । यो कालो, हरियो, खैरो र सुन्तला रंगको हुन्छ । केभियार स्टर्जियन प्रजातिको माछाबाट बन्छ । पोथी स्टर्जियन माछालाई विशेष रूपमा केभियारका लागि नै पालिने गरिन्छ । स्टर्जियन माछा १०० वर्षभन्दा बढी बाँच्न सक्छ ।

बजारमा विभिन्न किसिमका केभियार पाइन्छन् । तिनको मूल्य गुणस्तरमा निर्भर रहन्छ । ३० ग्राम केभियार लगभग १३ हजारदेखि ३० हजार रुपैयाँसम्ममा पाइन्छ ।
बेलुगा केभियार सबभन्दा महंगो हुन्छ ।
पोथी स्टर्जियनले थुप्रो अण्डा पार्ने भए पनि केभियारको मूल्य महंगो छ किनकि माछाले अण्डा पार्न १० देखि १५ वर्षको समय लगाउने गरेको छ । पहिलेपहिले माछा मारेर मात्र अण्डा निकाल्न मिल्थ्यो भने अहिले प्रविधि विकसित भइसकेकाले ज्यान नलिइकनै अण्डा निकाल्न मिल्छ । केभियारमा हुने ओमेगा–३ फ्याट्टी एसिडले शरीरमा रगतको डल्लो बन्न दिँदैन । यो मुटु तथा मस्तिष्कको स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । यसमा सेलेनियम नामक एन्टीअक्सिडेन्ट पनि पाइन्छ । यसले शरीरका कोशिकाहरूलाई सुरक्षित राख्छ । सेलेनियमले इम्युन सिस्टम र थाइरोइडलाई पनि चुस्तदुरुस्त राख्छ ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *