प्रस्तावित प्रधानमन्त्रीमा देउवाः ओलीविरुद्ध अविश्वासको तयारी


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते संसद विघठन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै एउटा खेमाका रूपमा रहेको प्रचण्ड–माधव समूहले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्‍यो।

प्रधानमन्त्रीको उक्त कदमलाई असंवैधानिक ठहर्‍याउँदै सर्वोच्च अदालतले खारेज गरेसँगै संसद पुनर्जिवित भएको छ। अहिले प्रचण्ड–माधव समूहले त्यतिखेर दर्ता गरेको अविश्वासको प्रस्ताव के हुने भन्नेमा धेरैले चासो व्यक्त गरेका छन्। तर, प्रचण्ड–माधव समूहले भने दर्ता भएको उक्त प्रस्तावलाई अहिले फिर्ता गर्ने भएका छन्।

अदालते अविश्वासको प्रस्ताव दर्ता भएको समयलाई समेत शून्य समय मानेपछि अविश्वास प्रस्तावको वैधतामाथि नै प्रश्न उठेको भन्दै उक्त समूहले अविश्वासको प्रस्ताव फिर्ता लिने भएको हो।

यता, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा यही फागुन २३ गते प्रतिनिधि सभाको अधिवेशन डाकेकी छन्। पहिलो दिनमै अविश्वासको प्रस्ताव दर्ता नगरिए प्रधानमन्त्री ओलीले तत्काल अधिवेशन अन्त्य गरिदिन सक्ने संशय यो समूहलाई छ।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत राजनीतिक शक्तिहरूसँग सल्लाह र छलफल भइरहेको प्रचण्ड–नेपाल समूहका प्रभावशाली नेता भीम रावलको दाबी छ ।

पुस ५ मा दर्ता गरिएको अविश्वासको प्रस्तावमा भावी प्रधानमन्त्रीका रूपमा प्रचण्डको नाम उल्लेख गरिएको छ। तर पछिल्लो समयमा स्वयम् प्रचण्डले अबको प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा हुने संकेत गरेका छन्। यसबारेमा कांग्रेससँग छलफल भइरहेको भए पनि ठोस सहमति भने हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *