समाचार

ताइवान रेल दुर्घटनामा दर्जनौंको मृत्यु

काठमाडौँ । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा केही दर्जन यात्रीको मृत्यु भएको छ । ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् । प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको छ भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पु¥याइएको छ

कंगोमा विद्रोहीले हमला गरी २९ जना गाउँलेको हत्या

काठमाडौँ । उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ । युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स ९एडिएफ० ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो । त्यस आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । बेनीको नगरपालिका प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी गराएको

नेकपा विभाजन, ओलीबाट रुष्ट भएका एमालेका नेताहरु माओवादी केन्द्रसँग फरक नाम राखेर एकता

काठमाडौँ। सर्वोच्च अदालतले पार्टी विभाजित गरिदिएको २४ दिनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुनरावलोकनको निवेदन लिएर सर्वोच्च गए। तत्कालिन नेकपा अर्थात एमाले र माओवादी केन्द्रबीचको एकता कायम रहनु पर्ने मागसहित उहाँ अदालत गएको २ दिनपछि सर्वोच्चले पुनरावलोन नगर्ने फैसला सुनाइदियो। अब नयाँ ढंगले मिलेर आउने भए आउ तर पुरानो एकता अब कायम हुँदैन भन्ने फैसला गरिदियो। यो फैसलासँगै अब एमाले र माओवादी केन्द्रबीचको एकता कायम हुने बाटो औपचारिक रुपमा टुंगिएको

बम विस्फोट : एकको मृत्यु, एकको उपचार हुँदै

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै बिहीबार साँझ मृत्यु भएको

‘फास्ट ट्र्याक’को एउटा ठेक्का रद्द गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले काठमाडौँ तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणका दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरेर पुनःप्रक्रिया शुरु गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले पूर्वयोग्यताबाट एउटा कम्पनी मात्रै छनोट भएकाले प्रतिस्पर्धा हुन नसक्ने भन्दै त्यसलाई रोक्न सरकारलाई निर्देशन दिएको हो । समितिले सार्वजनिक खरीद अनुगमन कार्यालयले अन्तरराष्ट्रिय कम्पनी सहभागी हुने ठेक्कामा प्रक्रिया अघि बढाउँदा आवश्यक कागजात, निर्देशिका र कार्यविधि सकेसम्म चाँडो तयार गरेर

लोकतन्त्र जोखिममा : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भएको बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्व नवीन्द्रराज जोशीको सातौँ दिनको पुण्यतिथिमा देवघाटमा आज आयोजित अस्तु विसर्जन एवं श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै उहाँले अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अवस्थामा पुगेको धारणा व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, “देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ

आइएमई लुटपाट गर्ने पक्राउ

काठमाडौँ । काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट रु छ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भइ काठमाडौँ बस्ने तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका उमेश केसीलाई पक्राउ

तीन जीवन र दुई निर्जीवन बीमा कम्पनीलाई अनुमति दिने तयारी

काठमाडौं । तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनीले अनुमतिका लागि नेपाल सरकार र बीमा समितिमा ताकेता सुरु गरेका छन् । युनि लाइफ, स्ट्याण्डर्ड र शुभ लक्ष्मी लाइफले बीमा समिति र अर्थमन्त्रलयमा अनुमतिका लागि लविङ गरिरहेका छन् । युनि लाइफ र स्ट्याण्डर्ड लाइफले चिरञ्जिवी चापागाई अध्यक्ष भएकै समयमा प्रक्रिया अगाडी बढाएका थिए । तर यि कम्पनीले आवश्यक प्रारम्भिक प्रक्रिया अगाडि बढाउन नसक्दा लाइसेन्स पाउन सकेका थिएनन् । दुई

सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ओलीले निलम्बन गरे

काठमाडौँ । केहीदिन अघि नेताहरू माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गरेको नेकपा एमालेले अर्का नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरू ६ महिना निलम्बन गरेका हुन्। उनीहरूले दिएको स्पष्टीकरणको चित्तबुझ्दो नभएको भन्दै कारबाही गरिएको पत्रमा उल्लेख छ। गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

काठमाडौँ । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनुभयो । विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र पसी बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिनुभयो । भदौ