धनगढी को पशुपन्छी अन्वेशण प्रयोगशाला बाट पनि कोरोना परीक्षण गरिने


धनगढी । कोरोना परीक्षण अब धनगढीको पशुपन्छी अन्वेशण प्रयोगशालाबाट पनि हुने भएको छ। संघीय सरकारले पठाएको आरटीपीसीआर मशिनबाट पनि कोरोना परीक्षण गरिने अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख तपेन्द्रप्रसाद बोहराले जानकारी दिए ।

प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर कोरोना संक्रमणको अवस्था सामान्य नहुँदासम्म अन्वेषण प्रयोगशालामा परीक्षण हुने उनले बताए।

सेती प्रादेशिक अस्पतालको अनुरोध बमोजिम कोरोना परीक्षण गरिन लागेको बताइएको छ। उक्त आरटीपीसीआर मेसिनबाट दैनिक ३ सय नमूनासम्म परीक्षण गर्न सकिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *