अक्सिजनको अभावमा एशियन लाईफले गुमायो एक होनहार कर्मचारी


बुटवल-एशियन लाइफ इन्स्योरेन्स कम्पनीको परासी जिल्लाको बर्दघाट शाखामा बरिष्ठ सहायक पदमा कार्यरत महेश ढकालको कोरोना संक्रमणको कारण निधन भएको छ ।

बीमा कम्पनीमा कार्यरत ढकाललाई एक साताअघि मात्रै कोरोना पुष्टि भएको थियो । उनको गएराति तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको अस्थायी अस्पतालमा निधन भएको हो । २०६४ साल चैत्र १ गतेदेखि बुटबल शाखामा नियुक्ति भई तत्कालीन शाखा प्रमुख किरण गौतमको मातहतमा लामो समय काम गरेका उनि निकै अब्बल अनुसासित र इमान्दार कर्मचारी थिए । कामको सिलसिलामा उनि महेन्द्रनगर , दाङको घोराही हुदै हाल बर्द्घाट शाखामा कार्यरत थिए ।

दुई दिन अघि मात्रै तत्कालीन शाखा प्रमुख किरण गौतम लाइ फोन गरी ज्वरो नघटेको भने पछि डाक्टर श्री दिनेश गौतम सग परामर्श गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनी घर गएर आइसोलेशनमा बसेका थिए । निमोनिया देखिए पछि उनी अस्पताल भर्ना भएका थिए । अक्सिजनको मात्रा घट्दै गएको बुटवलमा आइसियु र भेन्टिलेटरको उपलब्धता नभए पछि काठमाडौं लौजाने तयारि हुदाहुदै उनको अचानक निधन भएको हो ।
पाल्पाको मस्याममा जन्मिएका ढकाल निकै मेहनती थिए । ढकालको निधनले जीवन बीमा क्षेत्रले सम्भावना बोकेका एक होनहार कर्मचारी गुमाएको छ । विवाहित ढकालका श्रीमती र दुई छोराहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *