गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : लेखराज भट्ट
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । धनगढीमा आज बुधवार आयोजित छलफल कार्यक्रममा उहाँले गेटा मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले गेटा मेडिकल कलेज सञ्चालन भएसँगै सुदूरपश्चिमको विकासमा टेवा पुग्ने भन्दै कलेज सञ्चालनका लागि सबैले आ–आफ्नो ठाउँबाट दबाब दिनुपर्ने बताउनुभयो । उहाँले चिकित्सकले विश्वविद्यालयका रूपमा अघि बढाउनुपर्ने सुझाव दिँदै आएकाले यसमा सबैको










