समाचार

NIPS Life सुदुरपश्चिम ले गर्याे कर्मचारी प्रशिक्षण कार्यक्रम

धनगढी ,NIPS Life सुदुरपश्चिमले सुदुरपश्चिम भरिका सम्पुर्ण जिवनबिमा कम्पनीका कर्मचारी हरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ। निप्स सुपका अध्यक्ष लाेकराज जाेशीकाे अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथि बिमा प्राधिकरण सुपका प्रमुख अाेम बहादुर अधिकार रहनु भएकाे थियाे बिशिस्ट अथितिमा नेपाल पुनर बिमा कम्पनीका निवर्तमान अध्यक्ष पाेखरा विश्वविद्यालय का प्राध्यापक डा. रबिन्द्र घिमिरे र अतिथि मा Nips Non life सुपका अध्यक्ष सुनिल क्षेष्ठ रहनु भएकाे थियाे स्वागत मनतब्य NIPS सुप का उपाध्यक्ष

धनगढीकाे माया मेट्रो अस्पतालमा कार्यरत  डाक्टर प्रशन्ना मृत फेला

धनगढीः कैलालीको धनगढीमा २६ वर्षीया डाक्टर प्रशन्ना शाह मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका–५ हसनपुरकी शाह मृत फेला परेकी हुन्। बिहिवार बिहान उनी आफ्नै घरमा मृत भेटिएकी थिइन। उनी आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ। मृत्युको कारण खुलेको छैन। शवको पोस्टमार्टम भएको छ तर रिपोर्ट आउन बाँकी रहेको प्रहरीले बताएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।

धनगढीमा NIPS सुदुरपश्चिम (जीवन बिमा )संघ गठन

धनगढी , सुदुरपश्चिम काे धनगढीमा बिमा प्राधिकरणको ५५ अाै बार्षिकाे उत्सबकाे समापन समाराेहमा NIPS सुदुरपश्चिम काे गठन भएकाे छ ।नेपाल बिमा प्राधिकरण सुदुरपश्चिमका सहायक निर्देशक प्रेम हरी पाेख्रेल र दिपक ज्ञवाली काे उपस्थिति मा एसियन लाईफका लाेक राज जाेशीकाे अध्यक्षता ११ सदस्यीय कार्य समिति गठन गरिएकाे छ उपाध्यक्ष मा सूर्यज्याेती का जगदिस प्रसाद भट्ट र सन नेपाल लाईफका लक्ष्मी कान्त जैसी काेषाध्यक्षमा प्रभु लाईफ कि संगिता न्याैपाने सचिव महालक्ष्मी लाईफ

टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो

बैतडीको झौलेकमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

बैतडी ,बैतडीको पाटन नगरपालिकाको झौलेकमा जीप दुर्घटना हुदाँ ६ जनाको मृत्यू भएको छ । अहिले प्रमुख जिल्ला अधिकारी नृतृत्वको टोली घटनास्थलमा पुगिरहेको छ । झुलाघाटबाट बझांगको बागथला तर्फ गैरहेको से १ ज ७६४ नम्बरको जीप राती ११बजे दुर्घटना प्रहरीले जनाएको छ । दुर्घटनामा जीपको पछाडी सवार ५ जना हाम फालेर बाच्न सफल भएको प्रहरीको भनाई छ । जीपमा चालक सहित १२जना रहेको बताइएको छ । चालक भने सम्पर्कमा छैनन् ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५

राष्ट्रपतिमा नेम्बाङलाई मत माग्दै ओलीले लेखे माधव नेपाललाई पत्र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखेका छन् । शनिबार लेखिएको पत्रमा नेम्बाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार भएको उल्लेख गरिएको छ ।राष्ट्रियसभा, प्रतिनिधिसभा, र प्रदेशसभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्बाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु’ ओलीले नेपाललाई लेखेको पत्रमा

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त

धनगढी ,सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनले भोलि शपथ लिँदैछन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेपछि उपधारा ३ अनुसार सरकार बनेको हो। संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल बिहीबार पदमुक्त भएका थिए।

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

धनगढी । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् । उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् । रावलले पेश गरेको विश्वासको मत लिने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा अस्वीकृत भएसँगै उनी स्वत: पद मुक्त भएका थिए । २७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।जस अनुसार उनी मुख्यमन्त्री भएको ३० दिन आज पूरा

प्राइम, युनियन र गुराँस लाइफले गरे मर्जरको अन्तिम सम्झौता, सिईयाेमा मनाेज कुमार लाल कर्ण

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । तीनवटा जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा तीनवटा कम्पनीको डीडीए सम्पनन भई तिन कम्पनीहरु बराबार हैसियतमा एक आपसमा गाभिने गरी मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो । १ माघ २०७९ मा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम