जनताले परिवर्तन चाहेका छन्, हाम्रो जित सुनिश्चित छ : नेता धामी
दार्चुला । शैल्यशिखर नगरपालिका वडा नं. ६ बाट नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार कल्यानसिंह धामीले जनता परिवर्तनकाे पक्षमा भएकाे बताएका छन् । चुनाव प्रचारकाे सिलसिलामा वडाकाे मिलमिली क्षेत्रमा रहेका धामीले जनता भ्रष्टाचार र कुशासनबाट दिक्क भइसकेकाले आसन्न चुनावमा परिवर्तन देख्न पाइने बताएका हुन् । धामीले शैल्यशिखरमा नेकपा एमालेकाे स्थिति मजबूत भएकाे बताउँदै विपक्षमा भएर पनि आफूहरूले जनताकाे सेवा गरेकाले जित सुनिश्चित भएकाे उल्लेख गरे । उनले भने, ‘जनताले परिवर्तन चाहेका छन्,