समाचार

भारतमा कोरोना सङ्क्रमितको संख्या ४९ लाख, मृतक भने ८० हजार नाघे

नयाँदिल्ली । भारतमा कोरानोभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या झण्डै ४९ लाख नाघेको छ ।सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् । सोही अवधिमा एक हजार ५४ जना सङ्क्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।देशभरी अहिलेसम्म कुल सङ्क्रमितको संङ्ख्या ४९ लाख ३० हजार २३७ पुगेको छ भने कोरोनाकै कारण कुल मृतकको सङ्ख्या ८० हजार ७७६ पुगेको

कुलमानको पक्षमा प्रर्दशन, कोको परे प्रहरीकोे गिरफ्तारीमा

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले माईतीघरबाट गिरफ्ता गरेको छ। कुलमानलाई नै प्राधिकरणको कार्यकारी प्रमुख बनाईनुपर्छ भन्दै उनका समर्थकहरु प्रदर्शनमा उत्रिने तयारी गरिरहेको अवस्थामै प्रहरीले केहीलाई नियन्त्रणमा लिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए । उनकाअनुसार काठमाडौंका सिडिओको आदेशअनुसार नै प्रहरीले माईतीघरमा कुनैपनि किसिमको भेला, सभा, सम्मेलन वा प्रदर्शन गर्न नदिनको लागि यस्तो कदम चालेको हो । प्रहरीले माईकिङ गर्दै

विदेशमा अलपत्र सबै नेपालीलाई दशैं अगाडि नै उद्धार गर: डा. संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी छाया श्रममन्त्री डा. डिला संग्रौलाले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई दशैं अगाडि नै फर्काउन सरकारसँग माग गरेकी छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी डा। संग्रौलाले एक विज्ञप्ति जारी गरी विदेशमा समस्यामा परेका नेपालीहरुलाई निःशुल्क स्वदेश फर्काउन माग गरेकी हुन् । उनले सर्वोच्चको आदेशपछि पनि सरकारले निःशुल्क उद्धार उडान सुरु नगरेको खेद व्यक्त गरेकी छन् । नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई छिटो स्वदेश फर्काउन आफूले

कुलमानलाई पुनः नियुक्ति माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तको माग गर्दै उपत्यकाका विभिन्न स्थानहरुमा प्रदर्शन भएको छ । मंगलबार प्राधिकरणबाट बिदाइ भइसकेका घिसिंगलाई कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न माग गर्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भएको छ । उपत्यकाको बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेका छन् । त्यस्तै जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले घिसिङलाई पुन नियुक्तिको माग गर्दै नारावाजी गरेका थिए भने प्लेकार्डहरु

प्याजमा कालोबजारी: भाउ बढेपछि प्याज बोकेर आएका ट्रक नै हराए

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा रोक लगाएसँगै यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । भारतले नेपालमा प्याज निर्यात गर्न रोक लगाएकै भोलिपल्ट नेपाली बजारमा प्रतिकेजी प्याजको मूल्य अघिल्लो दिनभन्दा थोकमै ४० रुपियाँसम्म बढेको छ । खुद्रा बजारमा त प्याजको अभाव नै हुन थालेको छ । खुद्रा व्यापारीले सोमबार प्रतिकेजी ६५ रुपियाँमा बिक्री गरेको प्याज मङ्गलबार १२० देखि १५० रुपियाँसम्म बिक्री गरेका छन् । भित्रिन छाडे गाडी सोमबार मात्रै

छानो फेर्न एक अर्ब ३६ करोड

सुरुङ्गा । झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो । यसका लागि सरकारले रु एक अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटले सबै विपन्न नागरिकको घर निर्माण गरिने

चैत्रभित्रै शैक्षिक सत्र पूरा गर्ने सरकारको तयारी, वैकल्पिक विधिबाट पढाइ हुने

काठमाडौँ । सरकारले सङ्कटका बेलामा समेत विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरी आगामी चैत महिनाभित्र चालू शैक्षिक सत्र समापन गरिने जनाएको छ । आगामी सात महिनाभित्र विद्यार्थीले सिक्नुपर्ने न्यूनतम कुरा सुनिश्चित गरेर शैक्षिक सत्र समापन गर्ने र त्यसका आधारमा विद्यार्थीलाई कक्षोन्नति गर्ने योजना कार्यान्वयन गर्न सरकार अगाडि बढिरहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मङ्गलबार आयोजित भर्चुुअल पत्रकार सम्मेलनमा विद्यालय नखुले पनि विद्यार्थीको सिकाइ अवरुद्ध नहुने बताउनुुभयो । उहाँले

चट्याङ लागेर एक बालिकाको मृत्यु

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

एकल जातीय राज्यले उत्पीडित जातिमा जन्मेका कुलमानलाई पचाएनः बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ देशको आदर्श व्यक्ति बन्नुभएको बताउनुभएको छ । भट्टराईले मंगलबार साझ ट्वीटमा कुलमान विदाईको आफ्नो तीन अनुभूति लेख्नुहुँदै देशमा आदर्श पात्रको खडेरी भएको पनि बताउनुभएको छ । उहाँले लेख्नुभएको छ– ‘देशमा आदर्श पात्रको यस्तो खडेरी छ कि कर्तव्य खरो निर्वाह गर्ने कुलमान देशको आदर्श बनेका छन् ।’ प्राधिकरणको चार

लामो दूरीका यातायात चलाउन यी नियम मान्नै पर्ने

काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि रोकिएको सार्वजनिक यातायात तथा आन्तरिक हवाई उडान असोज १ गतेदेखि नै सञ्चालन हुने भएको छ । सोमवार बसको मन्त्रीपरिषद बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै छोटो तथा लामो दुरीको यातायात र आन्तरिक हवाई सेवा सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा असोज १ गते देखि संचालन हुने बस व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने परराष्ट्रमन्त्री