नेपालीका सम्धी बने जापानका नयाँ प्रधानमन्त्री


काठमाडौं । जापानले नयाँ प्रधानमन्त्री पाएको छ । योसिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई जापानको संसद्ले प्रधानमन्त्रीको रुपमा चयन गरेको छ । गत सोमबार सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले उनलाई आफ्नो नेता चयन गरेसँगै सुगा जापानको नयाँ प्रधानमन्त्री बन्न निश्चितजस्तै भएको थियो ।

बुधबार भएको मतदानमा ७१ वर्षीय सुगाले जित हासिल गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघिका लोकप्रिय प्रधानमन्त्री सिन्जो आबेले आफ्नो कार्यकाल सकिनुभन्दा अघि नै स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि उनको बाँकी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीको चयन गरिएको हो ।आगामी वर्ष हुने संसदीय निर्वाचनसम्म सुगा जापानको प्रधानमन्त्रीको रुपमा रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । उनी एक स्ट्रबेरी किसानका छोरा हुन् । जापानका नयाँ प्रधानमन्त्रीसंग नेपालको पनि साइनो छ । उनी नेपालीका सम्धी पनि हुन् । उनी जापानमा रहेका नेपाली व्यबसायी तथा एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्टका श्रीमतिका काका हुन् । भट्टका काका ससुरा प्रधानमन्त्री नेपालीका एक सम्धी जापानको प्रधानमन्त्री परेका छन् ।
भट्टले जापानी चेली मियको लाई विवाह गरेका छन् । उनीहरुका दुई छोरी समेत रहेका छन् । जापानजस्तो शक्तिशाली देशको प्रधानमन्त्री एउटा नेपालीको नातागोतामा पर्नु आँफैमा महत्वको बिषय भएको नेपाली बृत्तमा चर्चा छ । सुगा श्रीमती मियको भट्टको साख्खै काका हुन् । इताजाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *