बामदेव उपप्रधानमन्त्री बन्छन् कि बन्दैनन ? यस्तो छ संबैधानीक ब्यबस्था


राष्ट्रिय सभा सदस्य भएका गौतमको अब उपप्रधानमन्त्री बन्ने ईच्छा छ । तर, उनी उपप्रधानमन्त्री बन्न संविधानले रोक्छ कि रोक्दैन भन्ने विषय पनि बहसमा छ ।

प्रतिनिधिसभाको निर्वाचन हारेको व्यक्ति त्यस प्रतिनिधिसभाको कार्यकालभरि मन्त्री बन्न नपाउने प्रावधान संविधानमा छ । तर, यो व्यवस्था सांसद नभइकन मन्त्री बन्नसँग मात्रै सम्बन्धित रहेको तर्क गरिन्छ ।

संविधानको धारा ७८ अनुसार सांसद नभएको व्यक्ति पनि मन्त्री बन्न सक्छन् । तर, ६ महिनाभित्र संघीय संसद सदस्य प्राप्त गर्नुपर्ने हुन्छ । यही व्यवस्था अनुसार डा।युवराज खतिवडा अर्थमन्त्री भएका थिए ।

‘संविधानले गौतमलाई मन्त्री बन्न रोक्दैन । नैतिक कुरा उहाँलाई नै सोध्नुहोला’ अधिवक्ता समेत रहेका नेकपाका सांसद बिडारीले अनलाइनखबरसँग भने ।

तर, संविधानको धारा ७८९१० अनुसार प्रतिनिधिसभामा पराजित भएको व्यक्ति उक्त कार्यकालभर मन्त्री पदमा नियुक्तिको लागि योग्य हुने छैन । बामदेव गौतम धारा ७८ ९१० बमोजिम नभएर संविधानको धारा ७६ ९९० बमोजिम मन्त्री पदमा नियुक्त हुन सक्ने बिडारीको तर्क छ ।

धारा ७६ ९९० मा सांसद मन्त्री हुने व्यवस्था छ । राष्ट्रिय सभा सदस्य उपप्रधानमन्त्रीसम्म बन्न सक्छन् । प्रधानमन्त्री बन्न प्रतिनिधि सभा सदस्य नै हुनुपर्छ । त्यसकारण बामदेव उपप्रधानमन्त्री बन्छन कि बन्दैनन रु भन्ने प्रश्नको उत्तर नेकपासँग, अझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेको नेकपा सांसद बिडारीको जवाफ छ ।

गौतम तीनपटक उपप्रधान तथा गृहमन्त्री सम्हालिसकेका नेता हुन् । तर, आफू सरकारमा रहेको अवधिमा सम्झन लायक कुनै पनि काम नगरेको भनेर गौतमको आलोचना हुने गरेको छ ।

यद्यपि विहीबार राष्ट्रियसभा सदस्यको सपथ लिएपछि गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् ।

राष्ट्रियसभाको गरिमा बढाउन संविधान र नियमावली बमोजिम काम गर्ने बताउँदै उनले भनेका छन्, ‘यो सभाको सदस्य रहँदासम्म राष्ट्रियसभाको गरिमा र प्रतिष्ठालाई गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *