आइपिएलः बलमा थुक लगाए ५ रन पेनाल्टी, यस्ता छन् अरू नियम


काठमाडौँ । भोलिदेखि विश्वकै चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग ९आइपिएल०को तेह्रौं सँस्करण सुरु हुँदैछ। उक्त प्रतियोगिता संयुक्त अरब इमिरेट्स ९युएई० का तीन सहर सारजाह, अबुधाबी तथा दुबईमा हुँदैछ।

आइपिएलको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स तथा चेन्नाई सुपर किंग्सले एक अर्काको सामना गर्नेछ। खेल अबुधाबीमा नेपाली समयअनुसार बेलुका ७ः४५ मा हुनेछ।

कोरोना भाइरसका कारण यस पटकको आइपिएल अलिक फरक खालको हुनेछ। यसपटकको आइपिएलमा भने कुनै दर्शकको उपस्थिति हुनेछैन। आइपिएलको इतिहासमा बिना दर्शक खेलाइन लागिएको यो पहिलोपटक हो। विश्वभर फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो।

बल चम्काउन थुक लगाउन नपाइने
हालसम्म बलरहरूले बललाई चम्काउन लार तथा थुकको प्रयोग गर्दै आएका थिए। तर आइसिसीले कोरोना भाइरसका कारण यसमा प्रतिबन्ध लगाएको छ। आइसिसीको यो नियमलाई आइपिएलमा पनि लागु गरिनेछ। यदि कुनै खेलाडीले यस्तो गरेको भेटिएमा विपक्षीलाई ५ रन दिइनेछ। त्यस्तै यसअघि सबै नो बल फिल्ड अम्पायरले दिने गर्दथे तर यसपटकको आइपिएलमा बलरको फ्रन्ट फुट नो बल भने थर्ड अम्पायरले दिनेछन्।

खेलाडी परिवर्तन गर्न पाउने
यसपटक कुनै खेलाडीलाई गम्भीर चोट लागेको खण्डमा उसको स्थानमा अर्को खेलाडी परिवर्तन गर्न पाउने नियम लागु गरिएको छ। त्यस्तै आइपिएलकै दौरानमा कुनै खेलाडीलाई कोरोना पोजेटिभ देखिएमा उसको स्थानमा पनि अर्को खेलाडी ल्याउन पाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *