सुदूरपश्चिम प्रदेश

दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो । गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक

कैलाली कारागार झडप : छानबिन गर्न  समिति गठन

काठमाडौं , कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी भएको झडपबारे छानबिन गर्नका लागि छानबिन समिति बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति बनेको डीएसपी राज

नेविसंघ दार्चुला–काठमाडौँ सम्पर्क समितिमा नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ) दार्चुला–काठमाडौं सम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार राजधानीस्थित नेपाल ल क्याम्पस, प्रदर्शनी मार्गमा आयोजित अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो । अधिवेशनमार्फत ३० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको अध्यक्षमा अविरल महता निर्वाचित भएका छन् । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा विष्णु सिंह बोहरा चयन भएका छन् भने उपाध्यक्षमा गायत्री बम, राजेन्द्र महरा, जगदीश जोशी, माधव जोशी र कपुर विष्ट

सुदूरपश्चिमका चर्चित कलाकारले गरे पशुपतिनाथमा सरसफाइ

काठमाडौँ । दिव्य पशुपतिनाथ अभियानअन्तर्गत आज कलाकर्मीहरूले पशुपतिनाथ मन्दिर परिसरमा सफाइ गरेका छन् ।  ‘एक वर्ष एक सङ्कल्पः स्वच्छता र हरियालीमा दीर्घकालीन परिवर्तन’ भन्ने उद्घोषसहित यही साउन ६ गतेदेखि अभियान सुरु भएको थियो ।  ‘क्लाइमेट स्मार्ट सिटिज्’ सँगको सहकार्यमा मैनादेवी फाउन्डेसनद्वारा सुरु गरिएको अभियानअन्तर्गत आज नेपाल आइडल विजेता रवि ओड, लोक देउडा गायकहरू चक्र बम, टङ्क तिमिल्सेना, चेतन बोहोरा, लालबहादुर धामी, अनिता चलाउने, हाँस्यकलाकार हेमराज अधिकारीलगायतले मन्दिर परिसरमा सफाई गरेका

सवारी कारबाहीबाट रु चार करोड ४१ लाख राजस्व सङ्कलन

कैलाली । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट रु चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।  कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीले ६१ हजार ५७६ वटा सवारी कारबाहीबाट रु चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन भएको जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा गरिएको विभिन्न सवारी कारबाहीबाट रु चार

शैल्यशिखरका मेयर-उपमेयरले लिए नियमविपरीत ४ लाख ८० हजार आवास खर्च

धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले नियम विपरीत आवास खर्च लिएको खुलेको छ । महालेखा परीक्षकको कार्याललले जारी गरेको आव २०८१-८२ को प्रतिवेदनअनुसार नगरप्रमुख र उपप्रमुखको आवासका लागि भन्दै ४ लाख ८० हजार रुपैयाँ अनियमित रुपमा खर्च भएको भेटिएको हो । महालेखाले प्रतिवेदनमा सुदूरपश्चिम प्रदेशका स्थानीय तहका पदाधिकारीलाई सुविधा सम्बन्धी ऐन २०७५ मा नगरप्रमुख र उपप्रमुखलाई आवास सुविधा उपलब्ध गराउने प्रावधान नभएको उल्लेख गर्दै उनीहरुलाई उक्त सुविधा दिनु

शैल्यशिखरमा दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरी २६ लाख ‘स्वाट’

दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिकाले दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरेको भेटिएको छ ।  महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार शैल्यशिखर नगरपालिकाले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी नियुक्त गरी नियमविपरीत तलबभत्ता भुक्तानी गरेको तथ्य सार्वजनिक भएको हो । प्रतिवेदनअनुसार नगरपालिकाले दरबन्दी भन्दा १२ जना बढी कर्मचारी नियुक्त गरी २६ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको हो ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को धारा ५३ अनुसार स्थानीय तहले स्थायी प्रकृतिका कामका लागि

नौ बुंदे टिकापुर घोषणा पत्र जारी गर्दै सकियो ईको समिट

टिकापुर, कैलाली । नौ बुंदे टिकापुर घोषणा पत्र जारी गर्दै सुदूर युवा ईको समिट सकिएको छ । फोर एच नेपालले आयोजना गरेको समिट १ सय ५० जना युवाको सहभागिता रहेको थियो । टिकापुर सम्पन्न भएको ईको समिटमा सुदुरपश्चिमका नौ आटै जिल्लाबाट प्रतिनिधित्व रहेको सहभागी बसन्त बोहराले जानकारी दिए । समिटको स्थानीय साँझेदार संस्था वन तथा कृषि विश्वविद्यालय फोर एच शाखा र सुदूरपश्चिम विश्वविद्यालय फोर एच शाखा रहेको थियो । सुदूरपश्चिमका

नाउपा ले गर्याे दूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले युगदर्पण डट कमलाई जानकारी दिए । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नाउपाले यो निर्णय गरेको हो ।

वाइसिएलको केन्द्रीय उप-महासचिवमा दार्चुलाका  बिष्ट चयन

दार्चुला । नेकपा (माओवादी) को युवा संगठन यङ कम्युनिस्ट लिग (वाइसिएल) को केन्द्रीय उप-महासचिवमा दार्चुलाका नरबहादुर बिष्ट चयन हुनुभएको छ । शुक्रवार (हिजो)  सम्पन्न वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट बिष्ट उप-महासचिवमा र्निविरोध चयन भएका हुन् । त्यस्तै वाईसीएलको नयाँ अध्यक्षमा पुष्प ओली चयन भएका छन् भने अध्यक्षकै दाबेदार रहेका कालिकोटका गणेश शाही  महासचिवमा चयन भएका छन् ।