डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी


फागुन, काठमाडौं । सुदूरपश्चिमको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार  भरतबहादुर खड्का विजयी भएका छन् ।

उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतको झिनो मतले हराउँदै विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार खड्का १४ हजार ८९७ मतसहित निर्वाचित भएका छन् । एमाले उम्मेदवार धामीले १४ हजार ११० मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *