बैतडीकाे बढ्गाउँमा जन्ती बोकेको बस दुर्घटना


बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।

सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिए ।

दुर्घटना भएको जानकारी पाएपछि पुर्चाैडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ, स्थानीयहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन्, १५ जनालाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ, अन्य विवरण आएको छैन,’ डीएसपी रायले भने ।

बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । अहिले उद्धारको काम चलिरहेको छ ।

दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *