डडेलधुराः डडेलधुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ताराप्रसाद जोशीले ११ हजार ८०१ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका नैनसिंह महरले ७ हजार ७२८ मत पाएका छन् भने नेपाल कम्युनिष्ट पार्टीका मानसिंह माल ५ हजार ७८४ मत ल्याएका छन्
त्यस्तै नेकपा (एमाले) का चक्रप्रसाद स्नेहीले २ हजार २९५मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायतले २४५ मत पाएका छन्। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुरा जिल्लामा मतगणना जारी रहेको छ।

