महँगो छ गाईबाच्छाको उपचार
काठमाडाैँ । सडकमा छाडा छाडी दुर्घटनामा परेका गाईबाच्छाको उपचार महँगो हुँदै गएको संरक्षणमा जुटेका अभियानकर्मीको गुनासो छ । दुर्घटनामा जिम्मेवार सवारी साधनबाट उठाइने रकम कहाँ जान्छ पत्तो छैन । उपचार महँगो भएपछि असहाय गाईबाच्छा संरक्षण अभियान दिनानुदिन अप्ठ्यारामा पर्दै गएको छ । शहर बजारबाट घाइते गाईबाच्छा आउने क्रम जारी छ । बितेको एक महिनामा सडक दुर्घटनामा गम्भीर घाइते बनेका आधा दर्जन गाईबाच्छाको सेवा गर्ने अवसर मिलेको अभियानकर्मी उत्तम पुडासैनीले बताउनुभयो