चाडपर्व मनाउन थारु समुदायको कार्यविधि
भरतपुर । थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै छ । जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्छ तर यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन । चाडपर्व कसरी मनाउने भन्ने अन्योल थारु समुदायमा छ । जितियासँगै अन्य चाडपर्व पनि क्रमशः आउने भएकाले उनीहरुलाई यस वर्षका चाडपर्व के हुने भन्ने चिन्ता पनि छ । यसै चिन्ताका बीच थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेको