एकल जातीय राज्यले उत्पीडित जातिमा जन्मेका कुलमानलाई पचाएनः बाबुराम भट्टराई


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ देशको आदर्श व्यक्ति बन्नुभएको बताउनुभएको छ ।

भट्टराईले मंगलबार साझ ट्वीटमा कुलमान विदाईको आफ्नो तीन अनुभूति लेख्नुहुँदै देशमा आदर्श पात्रको खडेरी भएको पनि बताउनुभएको छ । उहाँले लेख्नुभएको छ– ‘देशमा आदर्श पात्रको यस्तो खडेरी छ कि कर्तव्य खरो निर्वाह गर्ने कुलमान देशको आदर्श बनेका छन् ।’

प्राधिकरणको चार वर्ष नेतृत्व सम्हाल्नु भएको कुलमानलाई मंगलबार कार्यक्रम गरी औपचारिक रूपमै विदाइ गरिएको हो। उहाँको पदावधि भदौ २९ गते सकिएको थियो । सरकारले उहाँको पुनर्नियुक्ति गर्ने चर्चा चले पनि अहिलेसम्म गरेको छैन ।

भट्टराईले भ्रष्ट आसेपासेलाई संरक्षण गर्ने सरकारले इमान्दार र सक्षम कुलमानलाई पुनर्नियुक्ति नगरेको ओरोप पनि लगाउनु भएको छ । ‘भ्रष्ट आसेपासेलाई संरक्षण गर्ने सरकारले इमान्दार र सक्षम कुलमानलाई पुनर्नियुक्ति गरेन,’ भट्टराईले ट्वीटमा लेख्नुभएको छ ।

एकल जातीय बर्चस्व रहेको राज्यले उत्पीडित जातिमा जन्मेका कुलमानलाई नपचाएको समते भट्टराईले बताउनु भएको छ । उहाँले लेख्नुभएको छ, ‘एकल जातीय बर्चस्व रहेको राज्यले उत्पीडित जातिमा जन्मेका कुलमानलाई पचाएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *