युग दर्पण

Free COVID treatment people’s right: Deuba

KATHMANDU,  The main opposition Nepali Congress today condemned the government’s decision to charge people for COVID-19 test and treatment. NC President Sher Bahadur Deuba issued a press release demanding repeal of the government’s decision. Deuba urged the government to provide free COVID test and treatment services to all citizens.   He stated in the press release that the government, which was supposed to play the role of a guardian in

बैङ्किङ कसुरका फरार अभियुक्त पक्राउ

झापा । अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैङ्किङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईँलाई एक महिना कैद र रु २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो । प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले

नेपालमा कोरोनामुक्त हुने ७४ प्रतिशत नाघे

काठमाडौँ । नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् । प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४७८, वागमतीमा ५७ हजार ९५५, गण्डकीमा पाँच हजार ७६०, लुम्बिनीमा १४ हजार ५१०, कर्णालीमा चार हजार ६२० र सुदूरपश्चिममा आठ हजार ४९१ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा तीन

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा दिइने

काठमाडौँ । कात्तिक १९ देखि २१ गते ९नोभेम्बर ४ देखि ६ तारेख० सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ । जसअनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा देशभर १४ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएका हुन्। ज्यान गुमाउनेमा संविधानसभाका सदस्य सप्तरीको कञ्‍चनरुप नगरपालिका(४ जगतपुर निवासी ५५ वर्षीय मानपुर चौधरीसहित १४ जना रहेका छन्। चौधरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ज्यान गएको हो। मंगलबार देशभर जम्मा २७२५ पिसिआर परीक्षण भएको छ। तर निको

५७० संक्रमित थपिँदा ३१ सय ६८ निको भए

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५७० सय जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर ३१ सय ६८ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८७६ पुगेको छ।

यस वर्ष नेकपाको चियापन नहुने

काठमाडौँ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिनुभएको हो । विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर

पाकिस्तानको मदरसामा विस्फोट, सातको मृत्यु, ११२ घाइते

एजेन्सी । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मङ्गलबार कम्तीमा सात जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मङ्गलबार बिहान भएको घटनामा परी अरु ११२ जना घाइते भएका छन् । स्थानीय जमिया जुबैरिया मदरसामा इस्लाम धर्मका बारेमा विशेष कक्षा सञ्चालन भइरहेका बेलामा विस्फोटन भएको हो । विस्फोटनमा परी मृत्यु भएका र घाइते भएका सबै विद्यार्थी रहेको जनाइएको छ । घटनास्थलमा शङ्कास्पद झोला भेटिएको र घटनाका बारेमा पूर्ण अनुसन्धान शुरु

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा भट्टराईको स्वास्थ्यलाभको कामना

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ। भट्टराई र पूर्वमन्त्री समेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोभिड(१९ को संक्रमण भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शीघ्र स्वास्थ्य लाभको कामना गरेको भट्टराईको सचिवालयले जानकारी दिएको छ। साथै पत्रमा भट्टराईले केहीअघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गर्नुभएको सम्बोधनको प्रशंसा पनि गरिएको छ।

भारतमा तीन महिनापछि सबैभन्दा थोरै कोरोना संक्रमित भेटिए

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मङ्गलबार ४० हजारभन्दा थोरै सङ्क्रमित भेटिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४७० जना सङ्क्रमित भएको जनाएको छ । योसँगै भारतमा कूल सङ्क्रमितको सङ्ख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ । त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख