युग दर्पण

डा.बाबुराम भट्टराई बने आजबाट जसपाको एकल अध्यक्ष !

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई जनता समाजवादी पार्टीको एकल अध्यक्षमा डाक्टर बाबुराम भट्टराइ सर्वसम्मत चयन भएका छन् । जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समिति निर्णय अनुसार डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीको सर्वसम्मति द्वारा संघिय परिषद अध्यक्षमा चयन हुनुभएको छ । एक केन्द्रीय सदस्यले युगदर्पण पत्रीका लाई बताए । सपाको केन्द्रीय समितिको आकार ८ सय १ हुने र संघीय परिषद् १ हजार २ सय १ हुने तय भएको छ।जसपाको यो

वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

धनगढी। वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि प्रहरी सहायक निरिक्षक (असई )गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको शव नदीमा भेटिएको बताए। उनले प्रहरी सहायक निरिक्षक बिकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको जानकारी दिए । अहिले घटना स्थल मुचुल्का बनाउने काम

असइको हत्या गर्ने तस्कर पत्ता लागे

धनगढी । ४ कार्तिक धनगढीको वडा नम्बर १२ नेपाल भारत सिमा क्षेत्र नदीमा मृत भेटिएका असई गोबिन्द बिकको अत्या गर्ने अभियुक्तले अपराध स्वूकार गरेका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चाज असई गोविन्द बिकले तस्करी रोक्न खोजेपछि हत्या गरेको अभियुक्तले स्वूकार गरेका हुन् । असईले तस्करी रोक्न खोजेपछि हत्या गरेर मोहनामा बगाएको अभियुक्तले प्रहरीसमक्ष बयान दिएका छन् । तस्करी गरेर लगिरहेको सामान बरामद गर्न खोजेपछि प्रहरीमाथि हमला गरेको अभियुक्तले स्वीकार

कांग्रेसले भन्योः प्रधानमन्त्रीज्यू ! नागरिकको उपचारमा संवेदनशील बन्नोस्

काठमाडौरप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीबाट सरकार पन्छिएको आरोप लगाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सरकारले महामारीमा निशुल्क नागरिक उपचार नगर्ने भए उपचार किन चाहियो सरकार रु भन्दै प्रश्न गरेका छन् । ‘महामारीमा नगर्ने भए उपचार किन चाहियो सरकार रु प्रधानमन्त्रीज्यू संवेदनशील बन्नोस्, निर्णय सच्याउनोस् । कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेकोे वर्तमान सरकारले परिक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई नेपाली कांग्रेसले

तीन मन्त्रीका कारण फेरि टाढिए अध्यक्षद्वय

काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले नेकपाको समस्या समाधान गर्न प्रतिवेदन तयार पारेपछि नेकपाको सदाबहार विवाद निमटारा लाग्ने विश्वास धेरैको थियो । कार्यदलकै सुझावलाई प्रतिवेदनको रूप दिएर स्थायी समिति बैठकमा लगिएपछि त नेकपामा थप उत्साहको सञ्चार नै भएको थियो । तर स्थायी समितिले पार्टी समस्या समाधानका लागि पारित गरेको प्रतिवेदनको मसी सुक्न नपाउँदै नेकपाको समस्या एकपछि अर्को थप बल्झिँदै जान थालेका छन् । राजदूतहरू र मुख्य सचिव

कर्णालीका नाममा ओली-प्रचण्डबीच टकराव

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उनको सत्ता ढाल्न लागेका यमलाल कँडेललाई काठमाडौं झिकाएपनि कुरा मिल्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ दुवै पक्षलाई राखी मनाउन खोजेपनि कुरा मिल्न नसकेसँगै यो घटनाले नेकपाभित्रको आन्तरिक राजनीतिलाई असर पार्ने देखिएको छ । कर्णाली प्रदेश केन्द्रीय सत्ताको कार्ड बनाइएको खुल्दै गएको छ । उक्त प्रदेशमा मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् । यमलाल कँडेल ओलीनिकटस्थ

कांग्रेस उप–सभापति गच्छदारको सबै सम्पत्ति रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बालुवाटारको ललितानिवास जग्गा हिनामिनामा भ्रष्टाचार मुद्दा खेपिरहेका कांग्रेस उप–सभापति विजयकुमार गच्छदारको सबै सम्पत्ति रोक्का गरेको छ । प्रारम्भिक अनुसन्धानमा सम्पत्तिको वैधता नदेखिएपछि विभागले गच्छदार, उनकी श्रीमती निर्मला गच्छदार र दुई छोराको नाममा भएको सबै सम्पत्ति रोक्का गरेको हो । अन्य व्यक्तिको नाममा लुकाएको सूचना प्राप्त भएको छ, त्यसमा अनुसन्धान टोलीले अध्ययन गरिरहेको छ विभाग स्रोतका अनुसार गच्छदार र परिवारको नाममा रहेको बैंक खाता, घरजग्गा,

काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्ना सांसदले पाएको दसैं भत्ता फिर्ता गर्ने भएको छ । पार्टीका शीर्ष नेताको टेलिफोन संवादपछि सांसदहरु दसैं भत्ता फिर्ता गर्ने निष्कर्षमा पुगेको काँग्रेसले जनाएको छ । त्यसका लागि संसदीय दलले केही समयमै दसैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति निकाल्ने बताए । संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सांसदको दसैंभत्ता फिर्ताका लागि निर्देशन दिएको छ । दसैंभत्ता फिर्ताका लागि संघीय संसद्

नवरात्रीमा बिर्सिएर पनि नगर्नुहोस् यी ८ काम

यस वर्षको नवरात्री गत शनिबारबाट सुरु भइसकेको छ । यतिबेला माता दुर्गाको ९ रुपको उपासनाले सुख–समृद्धिको इच्छा पूरा हुन्छ । नवरात्रिमा देवीको ९ दिनको ब्रतको ठूलो महत्व छ । यो ९ दिनमा हरेकले केही विशेष नियमको पालना गर्नुपर्छ । आउनुहोस्, नवरात्रमा के कस्ता कुराबाट बच्नुपर्छ, यसबारे जानकारी लिऔं । १। नवरात्रिका बेला हल्का र सात्विक भोजन गर्नुपर्छ । नवरात्रका बेला आफ्नो खानामा प्याज, लसुन र माछा–माछु समावेश नगर्नुहोस् । २। नवरात्रिको

४४ नं.गण दार्चुलाका ४० जना सशस्त्र प्रहरी  कोरोना मुक्त

दार्चुला,  सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका ४० जना सशस्त्र प्रहरीले एकैपटक कोरोना जितेका छन् । उनीहरुको दोस्रो पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोहन महराले जानकारी दिए । असोज २० गते डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ४१ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएका ४१ मध्ये ४० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको उहाले बताए । एक जना भने