वडाध्यक्षले लगाए गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताला


धनकुटा स् धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा गाउँपालिकाका ३ जना वडाध्यक्षले ताला लगाएका छन्। अध्यक्ष कुमारजंग याखाको कार्यकक्षमा वडाध्यक्षहरु वडा नम्बर ४, ५ र ६ का अध्यक्षहरू क्रमशः खड्ग बहादुर लिम्बू, पलकबहादुर बस्नेत र यमप्रकाश मगरले ताला लगाएका हुन्। गएका वर्षहरुमा गाउँपालिकाले वडामा ५० लाखका दरले रकम पठाए पनि यो वर्ष २० लाख रुपैयाँ मात्रै रकम पठाएपछि ताला लगाइएको बुझिएको छ।
बुधबार सम्पन्न गाउँ कार्यपालिका बैठकले हरेक वडामा २० लाखका दरले रकम पठाउने र बाँकी काम गाउँपालिकास्तरीय योजनामा समावेश गर्ने निर्णय गरेको थियो। वडाध्यक्षहरुले वडामा कम्तीमा ४० लाखका दरले बजेट विनियोजन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका वडा–५ का अध्यक्ष बस्नेतले बताए। १० वटा वडा रहेको गाउँपालिकामा वडा नं। ४ मा जनता समाजवादी, वडा नं। ५ र ६ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए। भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र अन्य ७ वटा वडामा तत्कालीन एमालेले जितेको थियो।

आन्दोलनरत वडाध्यक्षहरुले गाउँपालिका उपाध्यक्ष विन्द्रा राईलाई ज्ञापनपत्र बुझाएलगत्तै ताला लगाएका हुन्। उनीहरुले उपाध्यक्षको कार्यकक्षमा पनि ताला लगाउन खोजेपनि असफल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *