दुनियाकै पाँच विचित्र विश्व कीर्तिमान (तस्विरहरू सहित)


काठमाडौं र संसारमा केही यस्ता मानिसहरु छन् जो चर्चामा आउनका लागि जे पनि गर्न तयार हुन्छन् । आफ्नो त्यही इच्छाका कारण उनीहरुलाई विश्वव्यापी पहिचान प्राप्त हुन्छ ।
आज हामी ५ जना यस्तै मानिसहरुका बारेमा बताउँदछौँ जसले आफ्नो अनौठो क्षमता तथा कार्यका कारण गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा आफ्नो नाम दर्ज गराए ।
१। आफ्नो आँखाका गेडा बाहिर निकालेर पनि एकजना महिलाले विश्व रेकर्ड कायम गरेकी छिन् । अमेरिकाको शिकागोमा बस्ने किम गुडम्यान नामकी ती महिलाले आफ्ना आँखालाई सामान्य स्थानबाट ११ मिलिमिटर सम्म बाहिर निकाल्न सक्दछिन् ।

२।सबैभन्दा लामा नङ स् अमेरिकाकी क्रिस वाल्टनका हातका औँलाका नङ संसारकै सबैभन्दा लामा नङ हुन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का अनुसार उनको हातका सबै औँलाको नङको लम्बाइ जोड्दा १० फिट २ इन्च हुन्छ । उनले पछिल्लो झण्डै २० वर्षदेखि आफ्नो नङ काटेकी छैनिन् ।


३। संसारकै सबैभन्दा लामो कपाल भएकी किशोरी स् भारतको गुजरातकी निलांशी पटेलले सन् २०१९ मै विश्वमा सबैभन्दा लामो कपाल भएकी किशोरीको कीर्तिमान कायम गरेकी हुन् । उनको कपाल १९० सेन्टिमिटर लामो छ ।


४। संसारकै होँची महिला स् ज्योती अमगे विश्वकै सबैभन्दा होँची महिला हुन् । उनले आफ्नो १८ औँ जन्मोत्सवका दिन सन् २०११ मै गिनिज बुकमा आफ्नो नाम लेखाएकी थिइन् । भारतको नागपुरकी ज्योतिको सरीरको उचाइँ केवल २४।७ इन्च छ ।

५।संसारकै लामो दाह्रीजुँगा स् भारतका राम सिंह चौहान संसारकै सबैभन्दा लामो दाह्रीजुँगा भएका व्यक्ति हुन् । भारतको राजस्थानका सिंहको दाह्रीजुँगाको लम्बाई १४ फिट छ । उनले पछिल्लो ३९ वर्षदेखि आफ्नो दाह्रीजुँगा काटेका छैनन् ।

 

एजेन्सी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *