पौडेलको गिरफ्तारी र दुर्व्यवहारबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक


काठमाडौं । नेपाली कांग्रेसले तनहुँमा सत्ता पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारीका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार र गिरफ्तारीको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् ।

पौडेलमाथि बुधबार तनहुँमा भएको घटनाका बारेमा छलफल गर्न शुक्रबार दिउँसो २ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री डा। प्रकाशशरण महतले लेखाजोखालाई जानकारी दिएका छन् ।

तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे–दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता पौडेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरि तीन घन्टा नियन्त्रणमा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *