युग दर्पण

तीन हप्ता विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय कम्तीमा २१ दिन बन्द गरी अनलाइनमार्फत कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको भन्दै मन्त्रालयले ठूला शहर र जनघनत्व बढी भएका स्थानमा अनलाइनमार्फत कक्षाा सञ्चालन गर्न सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अनलाइनपानालाई जानकारी दिए । उनले भने –‘ ठूला शहरमा कम्तीमा तीन हप्ता भौतिक कक्षा बन्द

भीम रावलले ‘गायब पारेको’ ३० लाख रकम व्यक्तिगत खातामा रकमान्तर गरेको पाइयो

धनगढी : तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को खाताबाट गायब पारिएको ३० लाख रकम व्यक्तिगत खातामा रकमान्तर गरिएको खुलेको छ । पार्टीमा विवाद उत्पन्न भएपछि सुदूरपश्चिम इन्चार्ज रहेका भीम रावलले पुस १३ गते पार्टीको खातामा रहेको ३० लाख रकम पार्टीका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको व्यक्तिगत खातामा रकमान्तर गर्न लगाएको खुलेको हो । ३० लाख रकम गायब पारिएको भन्दै पार्टीका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले कृषि विकास बैङ्कलाई पत्र पठाउँदै खातामा रहेको

नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

काठमाडौँस् कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन्। पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउनु आग्रह गरे। “पहिल्यैकै भाइरसको नयाँ स्वरुपमा अहिलेको भाइरस देखिएको छ। यसको अर्को मानिसमा सार्न सक्ने क्षमता पनि बढी हुन्छ”, उनले भने, “त्यसैले स्वास्थ्यका मापदण्ड अपनाई भाइरस सर्नबाट

ब्याँसका ६ सय बढी जनतालाई ग्याँस सिलिण्डर वितरण

दार्चुला । दार्चुला जिल्लाको ब्याँस गाउँपालिकाले हाल सम्म ६ सय १६ घरधुरीलाई खाना पकाउने ग्याँस सिलिण्डर वितरण गरेको छ । गाउँपालिकाको जनप्रीय र सबैले रुचाएको नमुना कार्यक्रम धुवाँमुक्त ब्याँस कार्यक्रमबाट पालिका भित्र बसोबास गर्ने उक्त संख्याका नागरिकलाई खाना पकाउने ग्याँस सिलिण्डर वितरण गरेको गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिए । गाउँपालिकाले आइतबार पालिकाको वडा नम्बर ४ सुन्सेराको डोब, पथरकोट, खालिगडा, दम्फा, खातीगाउँमा सिलिण्डर वितरण गरेको उनले बताए। एक कार्यक्रमका

अभिकर्ताको लाइसेन्स अब सफ्टवेयरबाटै, नविकरण शुल्क भुक्तानीका लागि एसएमएस सेवा

काठमाडौं । अभिकर्ताको नयाँ लाइसेन्स लिन तथा नविकरणका लागि बीमा समितिमा धाउनु नपर्ने भएको छ । बीमा समितिले अभिकर्ताको नयाँ लाइसेन्स तथा नविकरणको लागि अनलाइन माध्यमको विकास गरेको छ । समितिले एक दुई दिन भित्रै उक्त सफ्टवेयर लन्च गर्ने तयारी गरेको हो । सम्पुर्ण बीमा कम्पनीहरुले अभिकर्ताको लाइसेन्सका लागि बीमा समितिमा जानुपर्ने अवस्था रहेको छ । अभिकर्ताको लाइसेन्सका लागि कम्पनीहरुले समितिमै पुगेर पुर्ण विवरण पेश गर्ने र समितिबाट स्वीकृति प्राप्त

के बन्ला त नयाँ सरकार ? जसपाले थाल्यो छलफल

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न राखेको प्रस्तावमागि जनता समाजवादी पार्टी (जसपा) मा छलफल सुरु भएको छ । आइतबार जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक र राई र राजेन्द्र श्रेष्ठबीच नयाँ सरकार गठनका विषयमा छलफल गरेको हो । गत हप्ता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा नेकपा माओवादी केन्द्र र जसपा

भारतले बनाएको तटबन्ध निरीक्षण गर्ने नेपाली टोली आज साझ दार्चुला पुग्ने

गोकुलेश्वर। भारतले एकतर्फी रूपमा महाकाली नदीमा निर्माण गरेको तटबन्धको निरीक्षण गर्न नेपाली प्राविधिकको टोली धनगढी पुगेको छ । काठमाडौंबाट ५ सदस्यीय टोली शनिबार बिहान धनगढी पुगेको हो । टोलीमा जयानन्द जोशी, कमल शाही, कपिल कुरुवाल, शहदेश घिमिरे र सुन्दर देवकोटा छन् । उक्त टोली शनिबार साझ दार्चुला प्रस्थान गर्ने छ । भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण गरेको छ । सीमा नदीमा

एभरेष्ट बैंकको ले पायो पहिलो नेपाली सिइओ

एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुदेश खालिङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पहिलोपटक नेपाली नागरिकलाई सिइओमा नियुक्त गरेको हो । खालिङको नियुक्तिसँगै बैंकले स्थापनाको २५ वर्षमा पहिलोपटक नेपाली नागरिकको कार्यकारी नेतृत्व पाएको छ । यसअघि बैंकले भारतीय नागरिकलाई नै सिइओको जिम्मेवारी दिँदै आएको थियो । यसअघि ४ वर्षे कार्यकालका लागि नियुक्त भएका सिइओ गजेन्द्रकुमार नेगी १७ महिनाको अवधिमै बिदा भएका छन् । एभरेष्ट बैंकको भारतको

तीन जीवन र दुई निर्जीवन बीमा कम्पनीलाई अनुमति दिने तयारी

काठमाडौं । तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनीले अनुमतिका लागि नेपाल सरकार र बीमा समितिमा ताकेता सुरु गरेका छन् । युनि लाइफ, स्ट्याण्डर्ड र शुभ लक्ष्मी लाइफले बीमा समिति र अर्थमन्त्रलयमा अनुमतिका लागि लविङ गरिरहेका छन् । युनि लाइफ र स्ट्याण्डर्ड लाइफले चिरञ्जिवी चापागाई अध्यक्ष भएकै समयमा प्रक्रिया अगाडी बढाएका थिए । तर यि कम्पनीले आवश्यक प्रारम्भिक प्रक्रिया अगाडि बढाउन नसक्दा लाइसेन्स पाउन सकेका थिएनन् । दुई

लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश का पदाधिकारीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन्। प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त अध्यक्ष बोहराले आयोगका नवनियुक्त सदस्यद्वय लक्ष्मणबहादुर खड्का र भागरथी रानालाई शपथ गराएकी हुन्। समारोहमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री, भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभामा विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता, प्रदेशका मुख्य न्यायाधिवक्ता,