एमाले डोटीको अध्यक्षमा मल्ल


धनगढी । नेकपा एमाले डोटीको आठौं अधिवेशनबाट चक्र मल्ल अध्यक्षमा दोहोरिएका छन् ।

विद्यार्थी राजनीति हुँदै मूलधारको राजनीतिमा आएका मल्ल यसअघि २०६९ सालमा भएको एमालेको सातौं जिल्ला अधिवेशनमबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
सोमबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट मल्ल सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।
यस्तै अधिवेशनले उपाध्यक्षमा मन्जु मलासीलाई चयन गरेको छ । दिपायल सिलगढी नगरपालिकाका प्रमुख समेत रहेकी मलासी महिला आन्दोलनबाट स्थापित नेतृ हुन् । यसअघि सातौं अधिवेशनबाट मलासी एमालेको जिल्ला उपसचिवमा निर्वाचित भएकी थिइन् ।

यस्तै सचिवमा शेरबहादुर मल्ल, उपसचिवमा तेजबहादुर डुम्रेल र कृष्णबहादुर खड्का छानिएका छन् । अधिवेशनले ९९ सदस्यीय कमिटी चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *