गोदावरीमा वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुँदै
धनगढी – नेपालीहरूको महान पर्व तिहार तथा ‘बहुमुखी कला मन्दिर’ गोदावरी, कैलालीको १४ औँ वार्षिकोत्सवकाे शुभ अवसरमा गोदावरी नगरपालिका वडा- ३ कार्यालयको सहयोग तथा समन्वय र बहुमुखी कला मन्दिरको आयोजनामा नगरपालिका स्तरीय ‘गोदावरी वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’ हुने भएको छ । हरेक वर्ष कला मन्दिरकाे वार्षिकोत्सवका अवसरमा स्थानीय स्तरमा गर्दै आएका विभिन्न कार्यक्रम बिस्तार गर्दै यस पटक अन्तर वडा पुरुष भलिबल प्रतियोगिता समेत आयोजना गरिएको हो । भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय










