युग दर्पण

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्र (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय गरेको हो।

SEE र कक्षा १२ काे परीक्षा स्थगित

काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । अवस्था नियन्त्रणबाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निर्ष्कष निकालिएको

प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिने, पुग्ला त बहुमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि डाकिएको संसदमा आज मतदान हुदैछ । अहिलेसम्मको राजनीतिक घटना क्रम अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित देखिएको छ । प्रधानमन्त्री ओलीको पद जोगाउने साँचो बोकेको जनता समाजवादी पार्टीले पनि विश्वासको मत सम्बन्धि प्रस्तावमा मतदान नगर्ने भएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने लगभग निश्चित देखिएको छ । संसदमा नेकपा एमालेको मात्रै १२१ मत रहेको छ भने विश्वासको मतमा बहुमत पुग्नका

प्रधानमन्त्री ओलीले कांग्रेससँग मागे विश्वासको मत

काठमाडौं । पार्टीका नेताहरुसहित बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन सहयोग मागेका छन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ फर्काएको छ । कांग्रेस पदाधिकारी बैठकले २७ वैशाखको प्रतिनिधिसभा विशेष अधिवेशनमा विश्वासको मत लिन आउँदा प्रधानमन्त्रीलाई फेल गराउने निर्णय गरेको भोलिपल्ट एमाले अध्यक्ष समेत रहेका ओली, उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा

कैलाली र कञ्चनपुरमा वैशाख १६ देखि लकडाउन गर्ने निर्णय !

धनगढी । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफासिरमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ देखि लकडाउन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सर्वदलीय बैठकले पनि कोरोनाका बिरामीको संख्या दिनदिनै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई लकडाउन गर्न सहमति दिएको थियो । यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुबै जिल्लामा रात्रीकालिन लकडाउन मात्रै गर्ने निर्णय गरेका थिए । त्यो निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो

१९ मध्ये १६ जीवन बीमा कम्पनीले घोषणा गरे नयाँ बोनसदर, कसको कति?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ को लागि धमाधम नयाँ बोनसदर घोषणा गरिरहेका छन् । १९ जीवन बीमा कम्पनीहरुमध्ये १६ वटा कम्पनीले आर्थिक वर्ष २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङ्कन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भई कम्पनीले मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमा लेखहरुमा नयाँ बोनसदर घोषणा गरेका हुन् । जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफ, ज्योति लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल,

अभिकर्तालाई दिएको कर्जा तत्काल उठाउन नसक्ने अवस्थामा बीमा कम्पनी, थप समयको माग

काठमाडौं । बीमा कम्पनीहरुले असार मसान्तसम्ममा अभिकर्तालाई दिएको कर्जा उठाउन नसक्ने भन्दै बीमा समितिमा गुनासो गरेका छन् । बीमा समितिले बैशाख २ गते सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई असार समान्तसम्ममा अभिकर्तालाई दिएको कर्जा उठाउन निर्देशन दिएको थियो । बीमा कम्पनीहरुले बिना धितो नियम विपरित अभिकर्ताहरुलाई करोडौ रुपैयाँ कर्जा दिएको पाए पछि यस्तो कर्जा तत्काल रोक्न निर्देशन दिएको छ । कर्जा प्रवाहमा रोक लगाउनुका साथै अहिलेसम्म प्रदान भएको कर्जा असार मसान्तसम्ममा असुल

यस्तो छ होटल तथा रेष्टुरेन्ट संचालनका लागी मन्त्रिपरिषदले आज गरेको निर्णय

काठमाडौं । सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो । त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न पाइने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

सिभिल बैंकका सीईओ गुरुङले दिए राजीनामा

काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सकिन केही महिना बाँकी छँदै गुरुङले पदबाट राजीनामा दिएका हुन् । सीईओ गुरुङले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृति समेत गरेको छ । बैंक श्रोतले दिएको जानकारी अनुसार १७ वैशाखदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको छ । गुरुङले सीईओबाट राजीनामा दिए पछि कार्यबाहक सीईओको जिम्मेवारी सुनिलकुमार पोखरेलले पाउने भएका छन् । पोखरेल अहिले

गाउँपालिका अध्यक्ष नै फोन गर्न रुख चढ्छन्

हुम्ला / हुम्लाको चंखेली गाउँपालिकामा मोवाइलले काम नगर्दा स्थानीय समस्यामा पर्दै आएका छन्। टेलीफोन गर्न गाउँबाट २ घण्टा टाढा पुग्नुपर्ने बाध्यता छ। नजिकै टावर नहुँदा मोवाइलमा नेटवर्कको समस्या हुने गरेको चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले बताए। ‘घरमा बसेर मोवाइलमा कुरा गर्न सकिँदैन,’ अध्यक्ष चौलागाईंले भने, ‘मोवाइलबाट कसैसँग कुरा गर्नुपर्यो भने कि दुई घण्टा टाढा पुग्नुपर्छ, कि रुखको टुप्पोमा पुग्नुपर्ने बाध्यता छ।’ ६ वटा वडा रहेको चंखेलीमा टेलिकमको एउटा मात्रै टावर