युग दर्पण

एभरेष्ट बैंकको ले पायो पहिलो नेपाली सिइओ

एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुदेश खालिङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पहिलोपटक नेपाली नागरिकलाई सिइओमा नियुक्त गरेको हो । खालिङको नियुक्तिसँगै बैंकले स्थापनाको २५ वर्षमा पहिलोपटक नेपाली नागरिकको कार्यकारी नेतृत्व पाएको छ । यसअघि बैंकले भारतीय नागरिकलाई नै सिइओको जिम्मेवारी दिँदै आएको थियो । यसअघि ४ वर्षे कार्यकालका लागि नियुक्त भएका सिइओ गजेन्द्रकुमार नेगी १७ महिनाको अवधिमै बिदा भएका छन् । एभरेष्ट बैंकको भारतको

तीन जीवन र दुई निर्जीवन बीमा कम्पनीलाई अनुमति दिने तयारी

काठमाडौं । तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनीले अनुमतिका लागि नेपाल सरकार र बीमा समितिमा ताकेता सुरु गरेका छन् । युनि लाइफ, स्ट्याण्डर्ड र शुभ लक्ष्मी लाइफले बीमा समिति र अर्थमन्त्रलयमा अनुमतिका लागि लविङ गरिरहेका छन् । युनि लाइफ र स्ट्याण्डर्ड लाइफले चिरञ्जिवी चापागाई अध्यक्ष भएकै समयमा प्रक्रिया अगाडी बढाएका थिए । तर यि कम्पनीले आवश्यक प्रारम्भिक प्रक्रिया अगाडि बढाउन नसक्दा लाइसेन्स पाउन सकेका थिएनन् । दुई

लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश का पदाधिकारीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन्। प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त अध्यक्ष बोहराले आयोगका नवनियुक्त सदस्यद्वय लक्ष्मणबहादुर खड्का र भागरथी रानालाई शपथ गराएकी हुन्। समारोहमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री, भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभामा विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता, प्रदेशका मुख्य न्यायाधिवक्ता,

धनगढीको सेती प्रादेशिक अस्पतालमा नमूना परिक्षण गर्दा १५ जनामा कोरोना पुष्टि

कैलालीः धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ। सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा सोमबार गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। तीमध्ये केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट आएका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए।

मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन सोकमग्न कैलालीको

धनगढीः कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ। रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ। लामो समयदेखि रक्त चापले ग्रेसित रावललाई ४ दिन अघि ब्रेन हेमब्रेज भएको थियो। उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो।

केन्द्रिय कार्यालयका लागि घर खोज्दै सूर्या लाइफ, कम्पनीको वेवसाइट मार्फत शिलबन्दी प्रस्ताव गर्न पाउने

काठमाडौं । सूर्या लाइफले केन्द्रिय कार्यालय सार्ने भएको छ । कम्पनीले केन्द्रिय कार्यालयको लागि काठमाडौं तथा ललितपुरको रिङरोडभित्र वा सो आसपासको क्षेत्रमा सडक, पानी, विजुली, टेलिफोन तथा ढलको राम्रो व्यवस्था भएको घर भाडामा लिनका लागि सार्वजनिक सूचना मार्फत घरवेटी सँग प्रस्ताव आह्वान गरेको छ । कम्पनीले १५ /२० वटा कार तथा ५०/५५ वटा मोटरसाइकल पार्किङ गर्ने स्थान सहित ९ हजार स्क्वायर फुटको घर वा फ्ल्याट भाडामा लिन खोजेको हो ।

बलात्कारको झुटो आरोप लगाउने महिलालाई सुर्खेत अदादतले दियो ३ वर्षको कैद सजाय

सुर्खेत । जिल्लामा बलात्कारको झुटो आरोप लगाउने एक महिलालाई साढे तीन वर्ष कैद सुनाइएको छ। जिल्ला अदालत सुर्खेतले सोमबार वीरेन्द्रनगरकी ३७ वर्षीया महिलाविरुद्ध तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने महिलाविरुद्ध न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले सजाय सुनाएको हो। ती महिलाले वीरेन्द्रगर नगरपालिकाको एक शाखामा कार्यरत कर्मचारीले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।

सुदूरपश्चिममा शाइन रेसुंगा बैंकको पहिलो शाखा महेन्द्रनगरमा खुल्यो

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ७६औँ शाखाको रूपमा कञ्चनपुरको भीमदत्त नगरपालिकाअन्तर्गत महेन्द्रनगरमा नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो, यद्यपि सुदूरपश्चिममा भने यो नै बैंकको पहिलो शाखा हो । शाइन रेसुंगा राष्ट्रियस्तरमा स्तरोन्नति भइसकेको विकास बैंक हो । यो नै काठमाडौं उपत्यकाबाहिर प्रधान कार्यालय हुने एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । नवस्थापित शाखा कार्यालयको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट

लालझाडीमा ५ करोडको लागतमा बगैँचा निर्माण हुने

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ सुख्खडघाटमा पाँच करोडको लागतमा आकर्षक उद्यान निर्माण सुरु गरिएको छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार समेत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र गाउँपालिकाको संयुक्त साझेदारीमा उद्यान बन्न लागेको हो । यसका लागि मन्त्रालयले तीन करोड ३० लाख र गाउँपालिकाले एक करोड ५० लाखको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत उद्यान निर्माण अगाडि बढेको हो । उद्यान निर्माण हुने

बीमाले ल्याएको परिवर्तन : गाउँभरी फस्टायो व्यबसायिक पशुपालन ?

प्यूठान मर्कावाङका किसान दलबहादुर केसीले तीन वर्षअघि व्यवसायिक रुपमा बाख्रा पालन सुरु गरे । त्यतिबेला उनलाई एउटै चिन्ताले सताइरहन्थ्यो कि बाख्रा पालनमा गरेको लगानी कतै डुब्ने पो हो कि । किनभने उनले ऋणपान गरेर बाख्रा व्यवसाय सुरु गरेका थिए । बाख्रालाई केही रोग लागिहाले कसरी उपचार गर्ने भन्ने त्रासमा उनले धेरै दिन पनि गुजारे । तर उनको यस्तो हैरानी त्यतिबेला साम्य भयो, जतिबेला उनले बाख्राहरुको बीमा गराए । आजभोलि उनलाई