छोरीको जन्मदिनमा दीक्षान्तले गर्‍यो मायाघरका बालबालिकालाई खाद्यान्न वितरण


काठमाडौँ । दीक्षान्त प्रकाशनका प्रबन्धक महेश शर्मा तथा सह–प्रबन्धक नम्रता शर्माले छोरी मान्यता शर्माको जन्मदिनको अवसरमा खाद्यान्न वितरण गरेका छन् ।

कीर्तिपुरस्थित महिला तथा बाल विकास मञ्च नेपाल, मायाघरलाई उनीहरूले खाद्यान्न वितरण गरेका हुन् । ४० जना बालबालिका रहेको मायाघरलाई दाल, चामल, नुन लगायत खाद्य सामग्री वितरण गरेको प्रकाशनकी सह–प्रबन्धक नम्रता शर्माले बताइन् ।

त्यस्तै, छोरीको जन्मदिनका अवसरमा मायाघरमा रहेका बालबालिकालाई बेलुकीको खाना समेत खुवाइएको उनले बताइन् ।

त्रिवि परिसरमा रहेको दीक्षान्त प्रकाशन विभिन्न अवसरमा सामाजिक कार्य गर्दै आएको छ । प्रकाशनले यसअघि धादिङमा रहेको एउटा विद्यालयलाई विविध शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *