घट्यो सुनको मूल्य, आजको भाउ कति ?


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला रू ४ सय ले गिरावट आएको छ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रू ९८ हजार ४ सय तोकेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय निर्धारण गरिएको छ। शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रू ९८ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला रू ९८ हजार ३ सय कायम थियो।

पहेँलो धातुसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदी प्रतितोला रू २५ ले घटेर १ हजार ३ सय ४५ पुगेको महासङ्घले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *