बीमा

नयाँ११ बीमा कम्पनीहरुको ६ अर्ब २५ करोडको आइपिओ आउँदै कसको कती

काठमाडौं । नयाँ बीमा कम्पनीहरुको ६ अर्ब २५ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी हुन बाँकी रहेको छ । बीमा समितिको प्रावधान अनुसार निर्जीवन बीमा कम्पनीहरुको पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुले भने २ अर्ब रुपैयाँ पुराउँनुपर्नेछ । त्यसको लागी कम्पनीहरुले ३० प्रतिशत सेयर सर्वसाधारणको लागी छुटाउँनु पर्नेछ । नेपालमा अहिले ४० वटा बीमा कम्पनीहरु सञ्चालित छन् । जसमध्ये १० वटा नयाँ जीवन कम्पनी र ३ वटा

कोरोना बीमा गरेका दुई जनामा कोरोना पुष्टि, दावी भुक्तानी प्रक्रिया सुरु

काठमाडौँ । कोरोना बीमा गरेका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेको इन्स्योरेन्समार्फत बीमा गरेका कृषि विकास बैंकका काठमाडौं बाहिरको शाखामा कार्यरत कर्मचारी र आईएमई जनरल इन्स्योरेन्सबाट बीमा गरेका एकजना चिकित्सकमा कोरोना पुष्टि भएको हो । आईएमई जनरल इन्स्योरेन्समार्फत बीमा गरेका बुटवलस्थित एक सामुदायिक अस्पतालका डाक्टरमा कोरोना पुष्टि भएको हो । अस्पताल स्रोतका अनुसार दाबी भुक्तानीको लागि कम्पनीमा प्रक्रिया अघि बढाइसकिएको छ । बीमक संघले भने नेको

बैंक, बित्तीय संस्था र बीमा कम्पनी बिहान ८ बजेबाट बेलुकी ६ बजेसम्म खुल्ने

काठमाडौँ । अब बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू बिहान ८ बजेबाटै खुल्ने भएका छन्। सरकारले लकडाउन खुकुलो पार्दै यी संस्थाहरु दुई सिफ्टमा चलाएर साँझ ६ बजेसम्म खोल्ने निर्णय गरेको हो। सरकारी निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पहिलो सिफ्ट बिहान ८ बजेदेखि १ बजेसम्म सञ्चालन हुने बताए। दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ । ‘भौतिक दूरी कायम गर्दै सुरक्षाका उपायहरु अपनाएर काम गर्ने ब्यवस्था