बैंक, बित्तीय संस्था र बीमा कम्पनी बिहान ८ बजेबाट बेलुकी ६ बजेसम्म खुल्ने


काठमाडौँ । अब बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू बिहान ८ बजेबाटै खुल्ने भएका छन्। सरकारले लकडाउन खुकुलो पार्दै यी संस्थाहरु दुई सिफ्टमा चलाएर साँझ ६ बजेसम्म खोल्ने निर्णय गरेको हो।

सरकारी निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पहिलो सिफ्ट बिहान ८ बजेदेखि १ बजेसम्म सञ्चालन हुने बताए। दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ ।

‘भौतिक दूरी कायम गर्दै सुरक्षाका उपायहरु अपनाएर काम गर्ने ब्यवस्था मिलाइएको छ’ खतिवडाले भने, ‘कार्यालयमा कम भिँडभाड होस् भनेर दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरिएको हो।’ उनले सरकारी कार्यालयहरू पनि दुई सिफ्टमै सञ्चालन हुने बताए।

सरकारले यस्ता कर्मचारी ल्याउने पुर्याउने गाडी सञ्चालन गर्न दिने भएको छ। साथै गाडीमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्छ भने स्यानिटाइजरको ब्यवस्था गर्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *