दार्चुलाका स्थानीय तहहरूले झण्डै १ करोड पर्ने पिसीआर मेसिन किन्दै


दार्चुला । दार्चुलाका नौवटै स्थानीय तहहरूले मिलेर कोरोना संक्रमण भए नभएको थाहा पाउने पिसीआर मेसिन खरिद गर्न भएका छन् ।

जिल्ला स्तरमा कोरोना परीक्षणका लागि गर्न भरपर्दो स्वास्थ्य सामग्री किन्न लागेको महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टले बताउनुभयो ।

कोरोना संक्रमण भए नभएको परीक्षण गर्न स्वाव संकलन गरी पिसीआर प्रयोगशाला धनगढी पठाउनु पर्ने तथा त्यँहा परीक्षण निकै सुस्त गतिमा हुन थालेपछि जिल्लामै स्वाब परीक्षण गर्न नौवटै स्थानीय तह मिलेर पिसिआर मेसिन खरिद गर्ने निष्कर्शमा पुगेको उहाँले बताउनु भयो ।

जिल्लाबाट पिसिआर प्रयोगशाला धनगढी पठाएको स्वावको रिपोर्ट झण्डै आधा महिना पछि आउन थालेपछि कोरोना परीक्षण छिटोछरितो गर्न पिसीआर मेसिन खरिद लगायत सम्बन्धित पक्षको अध्ययन गर्न समिति गठन गरिएको समन्वय प्रमुख करबिर कार्कीले जानकारी दिनुभयो ।

झण्डै एक करोड पर्ने पिसआर मेसिन खरिद गर्नका लागि जिल्लाका नौवटै स्थानीय तहले बजेट विनियोजन गर्ने गरी सहमति भएको उहाँले बताउनुभयो । पिसीआर मेसिन खरिद गर्न जिल्ला समन्वय समिति प्रमुख करविर कार्कीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन समेत गरिएको छ । समितिको सदस्यहरुमा महाकाली नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला अस्पतालका प्रमुख डाक्टर, स्वास्थ्य कार्यालयका प्रमुख र जिल्ला समन्वय अधिकारी रहेका छन् ।

जिल्ला सदरमुकाम खलंगामा बिहीबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै जिल्लाका लागी पिसिआर मेसिन खरिद गर्न आवश्यक पर्ने रकम, जनशक्ति तथा भौतिक संरचना लगायतका व्यवस्थापकिय पक्षका सम्बन्धमा विज्ञ समुह संग आवश्यक परामर्श गरी यथाशाक्य छिटो प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदनका आधारमा कार्य अघि बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

दार्चुलाका १३ जनाको स्वाब पिसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *