भारतमा २४ घण्टामा मात्र १० हजार संक्रमित थपिए


नयाँदिल्ली । छिमेकी भारतमा कोरोना भाइरसका कारण एकैदिनमा झण्डै दस हजार जना संक्रमित भएका छन् ।

भारतको सरकारी समाचार संस्था पिटीआईले जनाअनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ९ हजार ९९६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ८६ हजार ५७९ पुगेको भारतीय र स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५७ जनाको मृत्यु भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या ८ हजार १०२ पुगेको छ ।

भारतमा अहिले पनि १ लाख ३७ हजार ४४८ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमण मुक्त भएकाहरुको संख्या १ लाख ४१ हजार २९ रहेको मन्त्रालयले जनाएको छ ।

कोरानाभाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिँदै आएको छ । महाराष्ट्रमा मात्रै बिहीबारसम्म ९४ हजार ४१ जना संक्रमित भएका छन् ।

दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३६ हजार ८४१ जना संक्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३२ हजार ८१० जना संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *