कोरोना बीमा गरेका दुई जनामा कोरोना पुष्टि, दावी भुक्तानी प्रक्रिया सुरु


काठमाडौँ । कोरोना बीमा गरेका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेको इन्स्योरेन्समार्फत बीमा गरेका कृषि विकास बैंकका काठमाडौं बाहिरको शाखामा कार्यरत कर्मचारी र आईएमई जनरल इन्स्योरेन्सबाट बीमा गरेका एकजना चिकित्सकमा कोरोना पुष्टि भएको हो ।

आईएमई जनरल इन्स्योरेन्समार्फत बीमा गरेका बुटवलस्थित एक सामुदायिक अस्पतालका डाक्टरमा कोरोना पुष्टि भएको हो । अस्पताल स्रोतका अनुसार दाबी भुक्तानीको लागि कम्पनीमा प्रक्रिया अघि बढाइसकिएको छ ।

बीमक संघले भने नेको इन्स्योरेन्समार्फत मात्रै कोरोना बीमाको दावी परेको जनाएको छ । बीमक संघले पहिलो पटक कोरोना बीमाको दावी भुक्तानी गर्दा औपचारिक कार्यक्रम गरेरै भुक्तानी गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *