रेशम चौधरीको उम्मेदवारी रद्द


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लालविक्रम थापाको उम्मेदवारीविरुद्ध परेको उजुरीका सम्बन्धमा भने निर्वाचन आयोग छलफलमै छ ।

पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो त्यसमध्ये तीन वटा उजुरी नै खारेज भइसकेको छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरूद्ध उजुरी परेको थियो । यी दुवै उजुरी न खारेज भएको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालबिक्रम थापाविरुद्ध परेको उजुरीउपर भने निर्वाचन आयोग छलफलमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *