नयाँ११ बीमा कम्पनीहरुको ६ अर्ब २५ करोडको आइपिओ आउँदै कसको कती


काठमाडौं । नयाँ बीमा कम्पनीहरुको ६ अर्ब २५ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी हुन बाँकी रहेको छ । बीमा समितिको प्रावधान अनुसार निर्जीवन बीमा कम्पनीहरुको पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुले भने २ अर्ब रुपैयाँ पुराउँनुपर्नेछ । त्यसको लागी कम्पनीहरुले ३० प्रतिशत सेयर सर्वसाधारणको लागी छुटाउँनु पर्नेछ ।

नेपालमा अहिले ४० वटा बीमा कम्पनीहरु सञ्चालित छन् । जसमध्ये १० वटा नयाँ जीवन कम्पनी र ३ वटा नयाँ निर्जीवन बीमा कम्पनी सञ्चालित छन् । युनियन, ज्योति, आईएमई, रिलायन्स, रिलायवल, सिटिजन, सानिमा, प्रभु , सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनी हुन् भने सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नयाँ निर्जीवन बीमा कम्पनी हुन् ।

नयाँ बीमा कम्पनी मध्ये अजोड इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई शेयर जारी गरिसकेका छन् भने बाँकी ११ वटा नयाँ बीमा कम्पनीहरुले ६ अर्ब २५ करोड ५० लाखको आइपिओ जारी गर्न बाँकी रहेको छ जसमा सिटिजन लाइफले ७५ करोड ,जनरल इन्स्योरेन्सले ३० करोड, आईएमई लाइफले ६० करोड, ज्योति लाइफले ६६ करोड, महालक्ष्मी लाइफले ६० करोड, प्रभु लाइफले ६० करोड , रिलायवल नेपाल लाइफले ६० करोड, सानिमा जनरल इन्स्योरेन्सले ३० करोड, सानिमा लाइफले ६० करोड, सन नेपाल लाइफले ६० करोड र युनियन लाइफले ६४ करोड ५० लाख रुपैंयाको आइपिओ जारी गर्नेछन् ।

आईपिओ जारी भएपछि जीबन बीमा कम्पनिहरु सानिमा , प्रभु , रिलायवल, आईएमई ,महालक्ष्मी र सन् नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब पुग्नेछ । त्यसैगरी सिटिजन लाईफ इन्स्योरेन्सको २ अर्ब ५० करोड, ज्योति लाईफको २ अर्ब २० करोड , युनियन लाईफ इन्स्योरेन्सको २ अर्ब १५ करोड रुपैयाँ पूँजी पुग्नेछ भने निर्जिबन बीमा कम्पनी सानिमा जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको चुक्ता पूंजी १ अर्ब पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *