बिरामी नफर्काउन निर्देशन


विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड–१९ र अन्य बिरामीलाई छुट्टाछुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । प्रतिष्ठानका पदाधिकारीहरुसँग आज छलफल गर्दै जनस्तरबाट आएको गुनासोलाई सम्बोधन गर्न उहाँले निर्देशन दिनुभएको हो । मुख्यमन्त्री राईले प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्ट्रार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफलपछि उपचारमा आउने बिरामीको राम्रो उपचार गर्न र आएका बिरामीलाई नफर्काउन निर्देशन दिनुभयो । उहाँले तत्काल पिसीआर परीक्षणको दायरा बढाउन र त्यसका लागि आवश्यक संयन्त्र निर्माण गर्न पदाधिकारीलाई निर्देशन दिँदै प्रतिष्ठानमा ५०० क्षमतको आइसोलेशन बेड तयार पार्न र कोभिड अस्पताललाई २०० बेड क्षमताको बनाउन निर्देशन दिनुभयो ।

सो अवसरमा प्रतिष्ठानका पदाधिकारीले निर्देशनबमोजिमको आवश्यक काम थाल्ने प्रतिवद्धता व्यक्त गर्दै प्रतिष्ठानका वर्तमान वस्तुस्थितिबारेमा मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *