कोरोना

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो । क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले कोरोना परीक्षणपछि मात्र उपचार गरिने अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले

प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए

विनोद चौधरी कोरोनाबाट संक्रमित

काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उहालाई शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।

बाँकेमा कोरोनाबाट ७० वर्षीयाको मृत्यु

काठमाडौँ । बाँकेमा कोरोना सङ्क्रमणबाट आज थप एक ७० वर्षीयाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी महिलाको आज बिहान १०ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ३ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो

थप १७ जनामा कोरोना सङ्क्रमण, भुम्लुको ८ नं वडा सिल

बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत वर्ष २५ र ३७ का दुई महिला र वर्ष २६ का एक पुरुष गरी तीन, पनौती नगरपालिकाका वर्ष ३९ र ४० का दुई

विश्वभर एकैदिन १ लाख ८३ हजार कोरोना संक्रमित भेटिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका हुन् । यीमध्ये ६० प्रतिशत उत्तर र दक्षिणी अमेरिकामा छन् । पछिल्लो समय विश्वका धेरैजसो मुलुकले बिस्तारै लकडाउन खुकुलो पार्दै गइरहेको समयमा डब्ल्यूएचओले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा

कोरोनाबाट विश्वभरि ४ लाख ५१ हजार बढीको मृत्यु, ८४ लाख संक्रमित

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५१ हजार ४३९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८४ लाख ७ हजार ३७३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइको छ । नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४४ लाख १७ हजार ५०९ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब

रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

कोरोना भाइरस कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान गर्‍यो। कोरोनाको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडिबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसाल्न अनुरोध गर्‍यो। ती जडिबुटीमा गुर्जो, बेसार, सुठो, मरिच,

‘कोरोनाजन्य मृत्युदर घटाउन सावधानीका यी उपायहरू अपनाउनुहोस्’– जनस्वास्थ्यविद्

नेपालमा दिनप्रतिदिन कोरोना भाइरस (कोभिड– १९) का संक्रमित थपिइरहेका छन् । क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थित हुन नसकेको र सरकारले संक्रमित तथा सम्भावित संक्रमितलाई उचित व्यवस्थापन गर्न नसकेकोमा सबैले आलोचना गरिरहेका छन् । यसैबीच कोरोना भाइरसबाट बच्न तथा आत्मविश्वास बढाउन नियमित रचनात्मक सुझाव दिइरहेका जनस्वास्थ्यविद रविन्द्र पाण्डेले क्वारेन्टाइन तथा आइसोलेसनलाई व्यवस्थित गर्न तथा कोरोनाजन्य मृत्युदर घटाउन ध्यान दिनैपर्ने १३ सावधानीका उपाय बताएका छन् । उनले क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने बेला वा