विश्वभर एकैदिन १ लाख ८३ हजार कोरोना संक्रमित भेटिए


काठमाडौँ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका हुन् । यीमध्ये ६० प्रतिशत उत्तर र दक्षिणी अमेरिकामा छन् ।

पछिल्लो समय विश्वका धेरैजसो मुलुकले बिस्तारै लकडाउन खुकुलो पार्दै गइरहेको समयमा डब्ल्यूएचओले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

अमेरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भएको मुलुक हो । अहिलेसम्म अमेरिकामा समग्रमा २२ लाख ७९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

त्यस्तै दोस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिलमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब ११ लाख पुगेको छ भने मृत्यु हुनेकध संख्या ५० हजार नाघेको छ ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८९ लाख नाघिसकेको छ । मृत्यु हुनेको संख्या पनि चार लाख ६७ हजारभन्दा धेरै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *