काठमाडाैँ

बालेनको अपव्ययः महानगरका १६२ जनप्रतिनिधिका लागि बनाए सुनको ‘ब्याच’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधिहरूका लागि सुन र चाँदी मिश्रित लोगो बनाएर फजुल खर्च गरेको भेटिएको छ । महानगरपालिकाले जनप्रतिनिधिका लागि भन्दै १६२ वटा लोगो (ब्याच) बनाएर फजुल खर्च गरेको भेटिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१/८२ को वार्षिक प्रतिवेदनमा महानगरपालिकाले उक्त अपव्यय गरेको उल्लेख गरेको छ ।  महानगरपालिकाले १६२ पदाधिकारीका लागि ४८६ ग्राम सुन र १,९४४ ग्राम चाँदी प्रयोग गरी लोगो निर्माण गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख

दीक्षान्त प्रकाशनद्वारा विद्यालयलाई डेढ लाख बढी मूल्य बराबरका पुस्तक वितरण

काठमाडौँ – दीक्षान्त पुस्तक प्रकाशन कीर्तिपुरले धादिङस्थित एउटा विद्यालयलाई डेढलाख भन्दा बढी मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ । १४ औँ पुस्तकालय दिवसको अवसरमा प्रकाशनले धादिङ धुनीवेशी ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको हो । विद्यालयलाई एक कार्यक्रमका बीच दीक्षान्त पुस्तक प्रकाशनका व्यवस्थापक महेश शर्मा र नम्रता अर्यात शर्माले पुस्तकहरू हस्तान्तरण गरेका हुन् । ‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालय विकास र विस्तार’ भन्ने मूलनाराका साथ मनाइरहेको १४ औँ

भ्रष्टाचारीको मुख नहेरी सजाय गरेको छु - प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगरेको बताएका छन्। सरकार गठनको ३ वर्ष पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै उनले भने, ‘म आफू भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि भ्रष्टाचार गर्न दिएको छैन, यो सरकारको सफल पक्ष हो।’ यसैक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको मुख नहेरी सजाय गरेको बताएका छन्। उनले भ्रष्टाचार गर्ने सबैलाई सरकारी निकायले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याएको बताएका छन्। उनले एकै वर्षमा