समाचार

लन्डन स्टक एक्सचेन्जमा निफ्राको ३० मिलियन डलर बोन्ड

काठमाडौँ, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ। निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको जानकारी दिए। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले भने, ‘चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने गरी ३० मिलियन डलरको बन्ड जारी हुँदैछ, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौँ।’ सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन्। त्यस्तै नेताहरू पनि पूर्व जिम्मेवारी अनुसार जिल्ला जाने भएकाछन्। बैठकमा जना २० नेताहरू बोलेका छन् ।

ओली-नेपाल द्विपक्षीय वार्ताको निचोड

काठमाडौँ, आज सोमबार नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ। बैठक सकेर बाहिरिने क्रममा माधव-पक्षका नेता रघु जी पन्तले वार्ता सकारात्मक रहेको बताउँदै दुवै पक्षले आ-आफ्नो अडान भने नछोडेको जनाएका छन्। नेता पन्तका अनुसार ओलीद्वारा आह्वान गरिएको आउँदो ६ र ७ गतेको केन्द्रीय कमिटी बैठकमा माधव पक्षले सहभागिता नजाउने अडान कायमै राखेको छ। त्यस्तै, माधव पक्षकै

गाउँपालिका केन्द्रसम्म कालोपत्र हुने भएपछि खुसी

डोटी, जिल्लाका तीन गाउँपालिकाका केन्द्रसम्म सडक पुग्ने भएको छ । यहाँका बोगटान फुडसिल, सायल र आदर्श गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पु¥याउने गरी समझदारी भएपछि स्थानीयवासी खुशी भएका छन् । बोगटान फुडसिल केन्द्रसम्म कालोपत्र सडक पु¥याउनका लागि सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा गाउँपालिकाका तर्फबाट अध्यक्ष कमलबहादुर गडसिला तथा सायलका अध्यक्ष तेजबहादुर डुम्रेलबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएपछि यहाँका स्थानीयवासी खुशी भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष योजनाअन्र्तगत प्रादेशिक एवं

प्रधानमन्त्रीविरुद्घ अविश्वासको प्रस्ताव नलैजाने : नेता पौडेल

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान परिस्थितिमा सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु कांग्रेसका लागि प्रमुख चुनौती रहेको बताएका छन्। पर्वतको सदरमुकाम कुश्माबजारमा सोमबार बिहान प्रेस युनियनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु नै कांग्रेसको प्राथमिकता भएको बताएका हुन्। वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्घ आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गरे। नेता

द्विपक्षीय वार्ता सकेर ओली-नेपाल वान-टु-वान वार्तामा

काठमाडौँ, आज सोमबार नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ। बैठक सकेर बाहिरिने क्रममा माधव-पक्षका नेता रघु जी पन्तले वार्ता सकारात्मक रहेको बताउँदै दुवै पक्षले आ-आफ्नो अडान भने नछोडेको जनाएका छन्। बिहान साढे ११ देखि सुरु भएको द्विपक्षीय वार्ता अहिले साढे १ बजे सकिएको हो। दुई पक्षको वार्ता सकिएपछि यतिबेला पार्टी अध्यक्ष ओली र नेपालबीच वान-टु-वान

१३ वर्षिया बालिका बलात्कृत, दोषी पक्राउ

स्याङ्जा,  १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाका एकजना युवक पक्राउ परेका छन्। स्याङ्जाको हरिनास गाउँपालिका(७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन्। थापाले बालिकालाई बलात्कार गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, एसपी होबीन्द्र बोगटीका अनुसार थापामाथि जबरजस्ती करणी मुद्दा चलाइ त्यसका लागि स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धानको तयारी

कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा. महत

कैलाली, नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौं ।” उहाँले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने जनाउनुभयो । उहाँले भन्नुभयो, “त्यो अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने

माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या ४ हजारबाट २ सयमा झर्यो

काठमाडौँ, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीका सदस्य संख्यामा ठूलो ह्रास आएको छ। नेकपा एमालेसँग एकता हुनुअघि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य संख्या ४ हजार थियो। एकताको क्रममा माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइयो। ०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो। तर, त्यसभन्दा पहिल्यै दर्ता भएको अकर्को दलसँग नाम मिलेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले यसै वर्ष

फरार बयालिस प्रतिवादी जेल चलान

काभ्रेपलाञ्चोक, जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकले विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका ४२ प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतले मुद्दाको फैसलापछि फरारमा सूचीकृत ४२ प्रतिवादीलाई पक्रेर कैद तथा जरिवाना बेरुजु फछ्र्योटका लागि जिल्ला अदालत धुलिखेलमार्फत प्रहरीले कारागार चलान गरेको हो । पक्राउ परेकामा दुईदेखि छ वर्षसम्म फरार रहेकासमेत छन् । काभ्रेपलाञ्चोक प्रहरीले फागुन महिनामा फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गर्दा विभिन्न मुद्दाका ४२ फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी