समाचार

केन्यामा फेरि दुई महिना कर्फ्यु घोषणा

नैरोबी, केन्यामा फेरि दुई महिनाका लागि कर्फ्युको घोषणा गरिएको छ । राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्युको समयावधि लम्ब्याइएको घोषणा गर्नु भएको समाचारमा जनाइएको छ । रातिको समयका लागि मात्रै लगाइएको कर्फ्युको बेलामा केही गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको छ । यो कर्फ्यु देशव्यापी हुने अधिकारीहरुले जनाएका छन् । केन्यामा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा वृद्धि हुँदै गएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि कर्फ्यु लगाइएको राष्ट्रपति केन्याटाले बताउनुभएको छ । केन्यामा अब तेस्रो चरणको

निजी क्षेत्र राष्ट्रको मेरुदण्ड : गभर्नर अधिकारी

काठमाडौँ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्र राष्ट्रको मेरुदण्ड रहेको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङको ४८औँ वार्षिक साधारणसभा उद्घाटनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गभर्नर अधिकारीले युवा उद्यमीहरुले मुलुकको भ्रष्टाचार न्यूनीकरणमा सहयोग पु¥याउनु पर्नेमा जोड दिनुभयो । रोजगारी सिर्जना र आर्थिक समृद्धि कायम गर्न उद्योग सञ्चालन गर्न दिएको ऋण आयात व्यापारमा खर्च नगर्न सबैसँग उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले निजी क्षेत्रको सहयोगबाट राष्ट्रको

अध्यक्षले विधान मिच्नुभयो : रावल

काठमाडौँ, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै गुनासो गरेको छ । एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । उहाँले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गर्नुभएको भन्दै आपत्ति जनाउनुभयो । सो

एमालेमा बबण्डरःखनाल, नेपाल समूहले बोलायो आकस्मिक बैठक

काठमाडौँ, एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई थाहै नदिई गोप्य बैठकबाट पदाधिकारी हटाएको भन्दै खनाल, नेपाल समूहले आकस्मिक बैठक बोलाएको छ। बानेश्वरस्थित एक होटेलमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरू हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल, नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो। काठमाडौँमा उपलब्ध स्थायी कमिटी सदस्यहरूलाई तत्कालीन परिस्थितिका बारेमा छलफल गर्न भन्दै बोलाइएको हो।

सर्वोच्च अदालतका न्यायाधीशमा चुडाल र सुवेदीका नाम सिफारिश

काठमाडौँ, न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा डा कुमार चुडाल र नहकुल सुवेदीका नाम सिफारिश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अध्यक्षतामा आज बसेको परिषद् बैठकले उच्च अदालत पाटनमा कार्यरत डा चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको हो । बैठकले उच्च अदालतका न्यायाधीशमा १८ जना सिफारिश गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । न्याय सेवा विशिष्ट श्रेणीका अधिकृतबाट नारायणप्रसाद पौडेल र ऋषि

यसरी पक्राउ परिन् भारतमा वेश्यावृत्ति चलाउने नुवाकोटकी चमेली

काठमाडौँ, नेपाली महिलाले भारतमा कोठी सञ्चालन गरेको फेला परेको छ। उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुलेको हो। प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस ९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेको छ। उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको खुलेको हो। उनले भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेको पत्ता

अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने चीनको तयारी

काठमाडौँ, चीनले ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरू उल्लंघन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ। यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो। यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो। क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लागेको थियो। अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीबार अलिबाबामाथिको जरिवानासम्बन्धी

एमालेको महाधिवेशन मंसिरमा, नेपाल पक्ष नेताको जिम्मेवारी खोसियो

काठमाडौँ, नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएर प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक बोलाई विभिन्न निर्णयहरु गरेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल अनुपस्थित बैठकले पूर्व माओवादी केन्द्रबाट एमालेमा समाहित भएका गृहमन्त्री रामबहादु थापा ‘बादल’सहित २३ नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। योसँगै एमालेको केन्द्रीय कमिटी दुई सय ६४ जना पुगेको छ। यस्तै बैठकले प्रदेश नम्बर १ को इन्चार्जमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण

देशलाई अस्थीरता तिर लग्ने सित सहकार्य हुँदैन : नेता यादव

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले देशलाई भड्खालोमा हाल्नेसँग सहकार्य हुन नसक्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग इगित गर्दै शुक्रबार सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। अध्यक्ष यादवले आफ्नो पार्टी जसपाले प्रतिगमनकारी तथा लोकतन्त्र विरोधीसँग कुनै किसिमको राजनीतिक सहयात्रा नहुने बताएका हुन्। ‘जसपा सधैँ लोकतन्त्र, संविधान र सुशासन पक्षमा रहन्छ, सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक ठहर गरिसकेको छ,’

संसदीय दलको नेता चयन गर्दै जसपा

काठमाडौँ, पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा )को संसदीय दलको बैठक सिंहदरबारमा अपराह्न शुरु भएको छ । बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन गर्ने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । जसपा उच्चस्रोतका अनुसार सो दलका अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । “दलको विधान पारित भएपछि संसदीय दलको नेता चयन गर्ने पनि एजेण्डा