संसारभर कोरोनाको तेस्रो लहर, इटालीमा पुनः लकडाउन


काठमाडौँ, संसारभर देखिएको कोरोनाको नयाँ खतरालाई मध्यनजर गर्दै इटालीमा पुनः लकडाउन गरिएको छ। इटालीका अधिकारीहरूका अनुसार कोरोनाको तेस्रो लहरलाई रोक्न लकडाउन गरिएको हो।

उता जर्मन सरकारको स्वास्थ्य एजेन्सी रोबर्ट कोच संस्थानका प्रमुखले जर्मनीमा कोरोनाको तेस्रो लहर पहिल्यै शुरू भइसकेको बताएका छन्। फ्रान्समा नोभेम्बरपछि हरेक दिन हजारौँ संक्रमितहरू फेला पर्न थालेका हुन्। कोरोनाको यस लहरका बीच त्यहाँ पनि लकडाउन गर्ने बारेमा विचार गरिरहेको बताइएको छ। अहिले युरोपमा दैनिक डेढ लाखभन्दा बढी संक्रमितहरू फेला पर्न थालेका छन्। केही दिनअघि २४ घण्टामा युरोपभरि १ लाख १२ हजारभन्दा बढी संक्रमित फेला परेका थिए भने २५ सयभन्दा बढीको ज्यान गएको थियो।

कहाँ कहाँ कस्तो असर ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार फ्रान्स, इटाली तथा पोल्याण्डजस्ता देशहरूमा कोरोना संक्रमण उच्च देखिएको छ। यी देशहरूमा १ दिन पहिले क्रमशस् ६ हजार ४ सय, १५ हजार र १० हजार जनामा संक्रमण देखिएको थियो। त्यस्तै, रसिया, इग्ल्याण्ड, स्पेन, जर्मनी, नेदरल्याण्डमा समेत कोरोना संक्रमण उच्च रहेको छ। बढ्दो कोरोनाबीच इटालीमा लकडाउन गरिएको छ। इटालीका प्रधानमन्त्री मारियो ड्रैगीले कोरोनाको अधिक संक्रामक भेरियन्ट अर्थात् नयाँ किसिमको कोरोनाबाट इटाली संक्रमित भएको बताएका छन्। यसअघि, इटलीमा युरोपभरिकै सर्वाधिक कोरोना संक्रमण देखिएको थियो।

अनुसन्धानले के भन्छ ?

उता जर्मनीको रोबर्ट कोच इन्स्टीट्यूट फर इन्फेक्शयस डिजिजका प्रमुख लोथर विलेरले शुक्रबार एक प्रेस सम्मेलनमा भने, ुहामीले स्पष्ट संकेत पाएका छौँ, जर्मनीमा कोरोनाको तेस्रो लहर सुरु भइसकेको छ।’ त्यस्तै, न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार हंगरीका प्रधानमन्त्री विक्टर ओरबानले अस्पतालहरूमा बेड, अक्सिजन तथा अन्य स्वास्थ्य उपकरणहरूको जोहो गर्न समेत भनेका छन्। यसअघि, गतवर्ष अक्टुबरमा युरोपभरि यस्तै स्थिति देखिएको थियो। त्यतिखेर त्यहाँ कोरोनको दोस्रो लहर देखिएको थियो।

कोरोना खोप आएसँगै कोरोना नियन्त्रणमा आउने आशा गरिए पनि अवस्था त्यस्तो देखिएको छैन। संसारभरि अहिले दैनिक ३ लाखभन्दा बढी कोरोना संक्रमितहरू फेला पर्न थालेका छन्। अझ युरोपमा देखिएका घटनाक्रमले दुनियाँभर कोरोनाको तेस्रो लहर सुरु भइसकेको स्पष्ट सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *