त्रिविको प्रिन्सिपलमा प्रा.डा. अक्कलदेव मिश्र नियुक्त
काठमाडौं, त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसको प्रिन्सिपलमा प्राडा अक्कलदेव मिश्र नियुक्त भएका छन् । छनोट समितिले प्रा.डा. मिश्र र सहप्राध्यापक उद्धव सिग्देलको नाम सिफारिस गरेको थियो । दुई जनामा मिश्रको अंक धेरै भएकाले त्रिविको कार्यकारी परिषद्ले मेरिटको आधारमा मिश्रलाई नियुक्त गरेको हो । २० गतेदेखि लागू हुनेगरी पत्र बुझेको छु। आइतबार कार्यालय गएर जिम्मेवारी सम्हाल्छु,’ मिश्रले भने ।हालका प्रिन्सिपल ध्यानेन्द्र राईको कार्यकाल १९ गते सकिने भएकाले मिश्रले आइतबारदेखि केन्द्रीय क्याम्पसको नेतृत्व