समाचार

भान्छामै पाइने सामग्री कोरोनाको औषधि

काठमाडौं । आम नेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला कोरोना–१९ सँग लड्ने औषधिका रूपमा काम सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ । भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले कोरोना–१९ सँग लड्ने क्षमता वृद्धि गर्न आयुर्वेद उपचार पद्धतिले देखाएको हो । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कार्यकारी निर्देशक डा रामआधार यादवले भन्नुभयो, “हामीले भान्छामा प्रयोग गर्दै आएका

मुख्यमन्त्री राउतद्वारा राहतको घोषणा

जनकपुर । मुख्यमन्त्री लालबावु राउतले रौतहटको गढीमाई नगरपालिका–६ स्थित बागमती नदीमा आइतबार डुबेर मृत्यु भएका तीन बालबालिकाका परिवारलाई राहतस्वरुप रु एक÷एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको समवेदना पत्रमा मुख्यमन्त्री राउतले मृत्तात्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । गढीमाई–७ बस्ने भदै मुखियाकी अन्दाजी १० वर्षीया छोरी पिङ्की, लक्ष्मण दासकी १५ वर्षीया छोरी सुस्चिता र छठु

बारामा चार सङ्क्रमितको मृत्यु

कलैया । कोरोना सङ्क्रमणबाट बारामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । सङ्क्रमण भइ गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो । बिहान २ जना र राति दुई जनाले ज्यान गुमाएका हुन् । राति ज्याउ गुमाउनेमा कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्ध विश्वनाथप्रसाद जैसवाल र विश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षीय अशोकप्रसाद यादव रहेको

उपत्यकामा ३०१ सहित देशभरमा थप, ८८५ नयाँ सङ्क्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा ३०१ सहित देशभरमा ८८५ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ५८६ पुरुष र २९९ महिला रहेका छन् । योसँगै देशभरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३४ हजार ४१८ पुगेको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरका १८ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार २५३ नमूना परीक्षण

आज २० सैनिकसहित गण्डकी प्रदेशमा ३२ सङ्क्रमित थपिए

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी दुई महिला र ३० पुरुष गरी ३२ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कास्कीमा दुई सङ्क्रमितमध्ये एक जना अस्पतालमा कार्यरत सुरक्षागार्ड

काठ चोरीमा संलग्न दुई जना पक्राउ

महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले खोजी अभियानअन्तर्गत ५८ दशमलव १४ घन क्यूविक फिट चोरीका काठ बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ । बर्दिवास नगरपालिका–१ स्थित दर्ता नभएको एक फर्निचर उद्योग र बर्दिवास–३ गौरीडाँडास्थित ग्रिल उद्योगका नाउँमा सञ्चालन गरिएको कारखानाबाट सो परिमाणको साखुका चिरान काठ मङ्गलबार बरामद गरिएको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । बर्दिवास–१ मा गोपाल फर्निचरको साइनबोर्ड राखिएको फर्निचर उद्योगमा खानतलासी गर्दा ४८ थान कडी,

निषेधाज्ञाले सुनसान वीरेन्द्रनगर

वीरेन्द्रनगर । यही भदौ १ गतेदेखि गरिएको निषेधाज्ञाले वीरेन्द्रनगर बजारलगायत आसपासका क्षेत्र सुनसान बनेको छ । वीरेन्द्रनगर बजार पूर्णरूपमा ठप्प छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै नगरपालिकामा निषेधाज्ञा घोषणा गरिएको हो । निषेधाज्ञा घोषणापछि भीडभाड हुने स्थान र मुख्य चोकमा प्रहरी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा गत मङ्गलबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते सोमबारदेखि भदौ ५ गते शुक्रबारसम्म नगरपालिका

थप १७ जनामा कोरोना सङ्क्रमण, भुम्लुको ८ नं वडा सिल

बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत वर्ष २५ र ३७ का दुई महिला र वर्ष २६ का एक पुरुष गरी तीन, पनौती नगरपालिकाका वर्ष ३९ र ४० का दुई

धनगढीमा वडाध्यक्ष नै पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष बलवहादुर ऐर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई कैलालीको त्रिनगर नाकाबाट पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि अध्यक्ष ऐरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानवहादुर रोकायाले बताउनुभएको छ ।

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत निर्माणको अन्तिम चरणमा 

लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ । पच्चीस मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण अधिकाशं सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । यतिबेला केही टनेलको काम, बाढीले बगाएको सामान, स्टलेशनको काम भइरहेको प्रवद्र्धक राजेन्द्र वस्तीले बताउनुभयो । उहाँले