समाचार

शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहको लाइसेन्स नतिजा प्रकाशित

काठमाडौँ । शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले गत असोजमा लिइएको प्राथमिक तहको अध्यापन अनुमति पत्रको नतिजा प्रकाशित गरेको छ । आयोगले बुधबार प्राथमिक तहको देशैभरिका सातवटै प्रदेशको नजिता प्रकाशित गरेको हो । नतिजा शिक्षक सेवा आयोगको वेभसाइट www.tsc.gov.np मा हेर्न सकिन्छ । आयोगले यसअघि विद्यालय तहको माध्यमिक र निम्नमाध्यमिक तहको नतिजाहरू प्रकाशित गरिसकेको छ । आयोगबाट उतिर्ण हुनेहरूले शिक्षक सेवा आयोगका परीक्षाहरूमा सहभागिता जनाउन पाउनेछन् ।

भारत-चीनबीच हिंस्रक भिडन्त, २० भारतीय सैनिकको मृत्यु

काठमाडौँ । भारत र चीनबीचको बढ्दो तनाबका बीच लद्दाखको गलवान उपत्यकामा दुबै पक्षका सैनिकबीच हिंस्रक भीडन्त हुँदा २० जना भारतीय सैनिकको ज्यान गएको छ । यसअघि भारतका एक सैन्य अधिकृत र दुई जवानको मृत्यु भएको समाचार आएको थियो । तर न्यूज एजेन्सी एएनआईका अनुसार घटनामा २० जना भारतीय सैनिकको ज्यान गएको बताईएको छ । यो संख्या अझै बढ्न सक्ने पनि बताइएको छ । सन् १९७५ पछि पहिलोपटक भारत चीनबीच सीमामा

सूर्या लाइफले गर्याे आफ्ना सबै कर्मचारीको काेरोना बीमा

काठमाडौँ । सूर्या लाइफ ईन्स्याेरेन्स कम्पनीले अाफ्ना सम्पूर्ण कर्मचारीहरूकाे काेरोना बीमा गरेको छ । कोरोना महामारीका कारण जनमानसमा फैलिँदै गएकाे त्रासबाट मुक्त भई महामारीको याे समयमा पनि कम्पनीकाे कार्य कुशलतापूर्ण तरिकाले सुचारू राख्न एवं निर्धक्क भई कार्यसम्पादन गर्नका लागि काेरना बीमा गरिएकाे सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बताउनु भयो । “कोरोना संकटको बेला कर्मचारीहरूकाे मनाेबल उच्च राखी केही मात्रामा भएपनि काेरना भाइरसकाे त्रास कम गर्न सकिने कर्मचारीहरूको

‘कोरोनाजन्य मृत्युदर घटाउन सावधानीका यी उपायहरू अपनाउनुहोस्’– जनस्वास्थ्यविद्

नेपालमा दिनप्रतिदिन कोरोना भाइरस (कोभिड– १९) का संक्रमित थपिइरहेका छन् । क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थित हुन नसकेको र सरकारले संक्रमित तथा सम्भावित संक्रमितलाई उचित व्यवस्थापन गर्न नसकेकोमा सबैले आलोचना गरिरहेका छन् । यसैबीच कोरोना भाइरसबाट बच्न तथा आत्मविश्वास बढाउन नियमित रचनात्मक सुझाव दिइरहेका जनस्वास्थ्यविद रविन्द्र पाण्डेले क्वारेन्टाइन तथा आइसोलेसनलाई व्यवस्थित गर्न तथा कोरोनाजन्य मृत्युदर घटाउन ध्यान दिनैपर्ने १३ सावधानीका उपाय बताएका छन् । उनले क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने बेला वा

धनगढीमा एनआईसी एसिया बैंकको एटीएम तोडफोड

धनगढी । धनगढीस्थित एनआईसी एसिया बैंक प्रादेशिक कार्यालयको एटीएम तोडफोड गरिएको छ । प्रादेशिक कार्यालयको एटिएममा गएराति तोडफोड भएको बताइएको छ । तोडफोडको घटना बैैंकमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको छ । धनगढी चौराहमा रहेको प्रादेशिक कार्यालयको एटिएम बिहीवार राती १२ बजे तोडफोड भएको हो । मास्क लगाएको र हातमा पहेलो रंगको घडी लगाएको व्यक्तिले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको सिसीटिभिमा देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका

शनिबार पनि बैंकहरू खुलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू पुर्णकालिन रूपमा खुला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदाका दिन समेत शाखा कार्यालयहरू खुला राख्न निर्देशन दिएको हो । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व बुझ्ने बैंकका शाखाहरू खुला राख्न निर्देशन दिएको बताए । उनका अनुसार

बैंक, बित्तीय संस्था र बीमा कम्पनी बिहान ८ बजेबाट बेलुकी ६ बजेसम्म खुल्ने

काठमाडौँ । अब बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू बिहान ८ बजेबाटै खुल्ने भएका छन्। सरकारले लकडाउन खुकुलो पार्दै यी संस्थाहरु दुई सिफ्टमा चलाएर साँझ ६ बजेसम्म खोल्ने निर्णय गरेको हो। सरकारी निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पहिलो सिफ्ट बिहान ८ बजेदेखि १ बजेसम्म सञ्चालन हुने बताए। दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ । ‘भौतिक दूरी कायम गर्दै सुरक्षाका उपायहरु अपनाएर काम गर्ने ब्यवस्था

दार्चुलाका स्थानीय तहहरूले झण्डै १ करोड पर्ने पिसीआर मेसिन किन्दै

दार्चुला । दार्चुलाका नौवटै स्थानीय तहहरूले मिलेर कोरोना संक्रमण भए नभएको थाहा पाउने पिसीआर मेसिन खरिद गर्न भएका छन् । जिल्ला स्तरमा कोरोना परीक्षणका लागि गर्न भरपर्दो स्वास्थ्य सामग्री किन्न लागेको महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टले बताउनुभयो । कोरोना संक्रमण भए नभएको परीक्षण गर्न स्वाव संकलन गरी पिसीआर प्रयोगशाला धनगढी पठाउनु पर्ने तथा त्यँहा परीक्षण निकै सुस्त गतिमा हुन थालेपछि जिल्लामै स्वाब परीक्षण गर्न नौवटै स्थानीय तह मिलेर पिसिआर मेसिन

भारतमा २४ घण्टामा मात्र १० हजार संक्रमित थपिए

नयाँदिल्ली । छिमेकी भारतमा कोरोना भाइरसका कारण एकैदिनमा झण्डै दस हजार जना संक्रमित भएका छन् । भारतको सरकारी समाचार संस्था पिटीआईले जनाअनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ९ हजार ९९६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ८६ हजार ५७९ पुगेको भारतीय र स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३५७ जनाको मृत्यु भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण

फेरि चिटिक्क बन्यो नेपालको पहिलो विद्यालय

विनाशकारी भूकम्पले भत्काएको काठमाडौँको दरबार हाइस्कुलको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७५ साल साउनदेखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो भवनको निर्माण शुरु भएको थियो । झन्डै ९० करोड हाराहारी लागत रहेको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ठेकेदार कम्पनीले २० महिनामा सम्पन्न गर्ने सम्झौता गरेपनि १९ महिनामै यो भवन निर्माणको काम सम्पन्न गरेको हो । यही माघ महिनाभित्र सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्ने